समाज

काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

१५ माघ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् ।
Read More
जलेर पोखरामा दुई जना घाइते

जलेर पोखरामा दुई जना घाइते

१५ माघ, पोखरा ।  पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् । प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
मन्त्री खानेपानी मन्त्री खानद्वारा जनतालाई सरल र सहज सेवा प्रदान गर्न निर्देशन

मन्त्री खानेपानी मन्त्री खानद्वारा जनतालाई सरल र सहज सेवा प्रदान गर्न निर्देशन

बाँके । सङ्घीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले खानेपानी संस्थानका कर्मचारीहरुले जनतालाई सरल र सहज सेवा प्रदान गर्नुपर्ने बताउनु भएको छ। नेपालगंजमा रहेको क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय सहित खानेपानी मन्त्रालय अन्तरगतका कार्यालयहरुको आज अनुगमनपछि कर्मचारीहरुसँगको छलफल कार्यक्रममा मन्त्री खानले अनुशासित, मर्यादित र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो । खाने पानी मन्त्रीको जिम्मेवारी सम्हाले पछि पहिलो पटक बाँके आएका मन्त्री खानलाई भव्य स्वागत गरिएको थियो । मन्त्री खानले बाँके र बर्दियामा निर्माण भईरहेका योजनाहरु समयमा सम्पन्न गर्न तर्फ केन्द्रीत हुन निर्देशन दिदै कर्मचारीहरुलाई दलिय स्वार्थ भन्दा माथि उठेर काम गर्न सुझाव दिनु भएको थियो । बाँकेको…
Read More
बाँकेमा खानेपानी मन्त्रीकाे भव्य स्वागत

बाँकेमा खानेपानी मन्त्रीकाे भव्य स्वागत

बांके । संघीय मन्त्रीमा नियुक्त भएपछि पहिलाे पटक बाँके पुग्नु भएका जनमत पार्टीका उपाध्यक्ष तथा खानेपानी मन्त्री अब्दुल खानंलाई भव्य स्वागत गरिएको छ । मुस्लिम समूदायका साथै मदिना नूरी मस्जिद परिवारले खानेपानी मन्त्री खानंलाई भव्य स्वागत गरेकाे छ । स्वागत कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री खानंले खानेपानी तथा विकासका पूर्वाधार निर्माणकाे लागि याेजना बनाएर अघि बढ्ने बताउनु भयाे । उहाँले भन्नुभयाे,'छिट्टै जनताले अनुभूति गर्न सक्ने गरी याेजना बनाएर निर्माण कार्य अघि बढाइन्छ।' खानेपानीकाे कार्यालयमा कर्मचारीहरूलाई छिटाे, छरिताे र जनभावनाअनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयाे । स्वागत तथा सम्मान कार्यक्रममा मुफ्ती कैफूवरा खाँ, माेहम्मद जकि खाँ, सकिर खाँ लगाएले मन्तव्य दिएका थिए…
Read More
मन्त्री खानं पुगे सहिद राम मनोहर यादवकाे परिवारलाई भेट्न बाँके

मन्त्री खानं पुगे सहिद राम मनोहर यादवकाे परिवारलाई भेट्न बाँके

बाँके । सहिद राम मनोहर यादवकाे परिवारलाई भेट्न संघीय खानेपानी मन्त्री अब्दुल खानंले बाँके पुग्नु भएकाे छ । खानेपानी मन्त्री खानंले सहिद यादवकाे परिवारलाई भेट्न उनकाे घरमा पुग्नु भएकाे छ । मन्त्री खानंले सहिद यादवकाे याेगदानलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नु भएकाे छ । मन्त्री खानले सहिद यादवकाे त्याग र वलिदानलाई आफुले कहिले बिर्सन नसक्ने बताउनु भयाे । अब पार्टीले सहिद यादव परिवारकाे हितमा थप कार्ययाेजना बनाएर अघि बढ्ने प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभयाे । सहिद राम मनोहर यादव सहादत मिति २०७५ भाद्र १५ गते सहादत प्राप्त गरेका थिए । सहिद यादवले जिल्ला प्रहरी कार्यालय बर्दियामा यातना भाेगेर जीवन…
Read More
अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

१३ माघ,काठमाडौँ  ।नेपाल टेनिस सङ्घको आयोजनामा जे ६० काठमाडौँ आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिा यही माघ १६ गतेदेखि हुने भएको छ । यु-१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गल्र्सतर्फ सात राष्ट्रको सहभागिता रहने आयोजक सङ्घका सदस्यसमेत रहनुभएका प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयो । ब्वाइज र गर्ल्स दुवैमा समान ६४-६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२-३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ । छनोटको ब्वाइजमा नेपालबाट नौ, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान तीन–तीन, अमेरिका र हङकङबाट समान दुई-दुई तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । गर्ल्समा नेपालबाट नौ, हङकङ, बेल्जियम,…
Read More
जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ

जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ

१३ माघ , महेन्द्रनगर धनुषा।  धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रदेश २०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज६प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे छन् । त्यस्तै, नगराइन नगरपालिका–७ का ज११प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा जुटको बोरामा १० वटा…
Read More
ढल निकास नहुँदा समस्या

ढल निकास नहुँदा समस्या

१३ माघ,लहान । सिरहाको लहान बजारमा व्यवस्थित ढल निकास नहुँदा स्थानीयहरु समस्यामा परेका छन् । बजार क्षेत्रबाट बग्ने ढल कतै भत्किने त कतै जाम पर्ने समस्याले फोहोर पानी घरभित्र पस्न थालेपछि स्थानीय समस्यामा परेका हुन् । ढल निकास थुनिएर सार्वजनिक बाटोमा फोहोर जम्मा हुँदा आवतजावत गर्दा नाक थुनेर हिँड्नु पर्ने अवस्था रहेको लहान नगरपालिका-८ का सत्यनारयण चौधरीको भनाइ छ । “ढल निकासको उचित व्यवस्था नहुँदा बारम्बार बजार क्षेत्रको फोहोर पानी घरभित्र पस्ने गरेको छ र यसले निकै दुःख दिएको छ ।” ढल निकासका लागि नगरपालिकालाई पटक-पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ । इलाका प्रशासन कार्यालय ग्रामीण…
Read More
अस्पतालको भवन निर्माणमा ढिलाइ

अस्पतालको भवन निर्माणमा ढिलाइ

१३ माघ,धनकुटा । महालक्ष्मी नगरपालिकाको जीतपुरमा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । नेपाल सरकारको रू १० करोड ४२ लाखको लागतमा दुई वटा भवन निर्माणका लागि प्रतिष्ठा केएण्ड केजीजेभी काठमाडौँले ठेक्का पाएको थियो । निर्माण कम्पनीले २०७८ साल असार २७ मा दुई वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । जसअनुसार कम्पनीले अब ६ महिना अर्थात् २०८० असार २६ सम्ममा दुवै भवन निर्माण गरिसक्नुपर्नेछ । तर दुई वटामध्ये २४ कोठे एउटा भवनको मात्रै जग हालिएको छ । अर्को भवनको जग खन्ने काम मात्र भएको छ । सम्बन्धित निर्माण व्यवसायीलाई पहल गर्दा पनि बेवास्ता गरेको महालक्ष्मी नगरपालिकाका…
Read More
अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

१३ माघ,चितवन । अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा)को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो । भरतपुर महानगरपालिका–१ देवघाटमा यहाँका ज्येष्ठ नागरिकलाई लक्षित गरी देवघाट सु–स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । जलेश्वर आश्रमले उपलब्ध गराएको एक कठ्ठा जग्गामा रु ७० लाख लागतमा भवन निर्माण गरिएको छ । विसं २०७८ कात्तिक २९ गते शिलान्यास गरी निर्माण सुरु गरिएको भवन सम्पन्न भएको छ । भवन निर्माण समितिको संयोजक नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष हरि पोखरेलका अनुसार चारकोठे पक्की भवन बनेको छ । भवनमा…
Read More
Page 416 of 452
1 … 414 415 416 417 418 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.