Share Icon

बाँके । सहिद राम मनोहर यादवकाे परिवारलाई भेट्न संघीय खानेपानी मन्त्री अब्दुल खानंले बाँके पुग्नु भएकाे छ ।

खानेपानी मन्त्री खानंले सहिद यादवकाे परिवारलाई भेट्न उनकाे घरमा पुग्नु भएकाे छ ।

मन्त्री खानंले सहिद यादवकाे याेगदानलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नु भएकाे छ ।

मन्त्री खानले सहिद यादवकाे त्याग र वलिदानलाई आफुले कहिले बिर्सन नसक्ने बताउनु भयाे ।

अब पार्टीले सहिद यादव परिवारकाे हितमा थप कार्ययाेजना बनाएर अघि बढ्ने प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभयाे ।

सहिद राम मनोहर यादव सहादत मिति २०७५ भाद्र १५ गते सहादत प्राप्त गरेका थिए ।

सहिद यादवले जिल्ला प्रहरी कार्यालय बर्दियामा यातना भाेगेर जीवन गुमाएका थिए ।

प्रहरी कार्यालयबाट यातना भाेगी जीवन गुमाएका यादवकाे परिवारमा उनकी श्रीमती, दुइ छाेरा, एक छाेरी र आमा छन्।

Facebook Comments Box

Share Icon