बाँकेमा खानेपानी मन्त्रीकाे भव्य स्वागत
बांके । संघीय मन्त्रीमा नियुक्त भएपछि पहिलाे पटक बाँके पुग्नु भएका जनमत पार्टीका उपाध्यक्ष तथा खानेपानी मन्त्री अब्दुल खानंलाई भव्य स्वागत गरिएको छ ।
मुस्लिम समूदायका साथै मदिना नूरी मस्जिद परिवारले खानेपानी मन्त्री खानंलाई भव्य स्वागत गरेकाे छ ।
स्वागत कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री खानंले खानेपानी तथा विकासका पूर्वाधार निर्माणकाे लागि याेजना बनाएर अघि बढ्ने बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’छिट्टै जनताले अनुभूति गर्न सक्ने गरी याेजना बनाएर निर्माण कार्य अघि बढाइन्छ।’
खानेपानीकाे कार्यालयमा कर्मचारीहरूलाई छिटाे, छरिताे र जनभावनाअनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयाे ।
स्वागत तथा सम्मान कार्यक्रममा मुफ्ती कैफूवरा खाँ, माेहम्मद जकि खाँ, सकिर खाँ लगाएले मन्तव्य दिएका थिए ।
Facebook Comments Box