समाज

गैँडाकोटलाई चुरे क्षेत्रबाट हटाउन माग

गैँडाकोटलाई चुरे क्षेत्रबाट हटाउन माग

२६ माघ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । यसका लागि सो नगरपालिकाले सङ्घीय सरकारलाई आग्रह समेत गरेको छ । हाल महाभारत पर्वत शृङ्खलामा रहेको सो नगरपालिकालाई चुरे क्षेत्र भनेर कायम गरिएको जनाइएको छ । गैँडाकोट नगरपालिकाले महाभारत क्षेत्रमा कायम गर्न सङ्घीय सरकारलाई सिफारिस गरी पठाउने प्रस्ताव नगर सभाबाट पारित गरिएको छ । गैँडाकोट नगरपालिका महाभारत पर्वत क्षेत्रमा नै पर्ने भएकाले नगरकार्यपालिका सदस्यहरुलेसमेत महाभारत क्षेत्रमा राखिनुपर्ने आवाज उठाएका थिए । चुरे क्षेत्रबाट हटाउन सङ्घीय सरकार समक्ष सिफारिस गरी पठाउने प्रस्ताव आठौँ नगर कार्यपालिकाले निर्णय गरेको थियो । सो प्रस्ताव नगर सभाले अनुमोदन गरेपछि…
Read More
अझै रोकिएन हात्ती आतंक

अझै रोकिएन हात्ती आतंक

सागर परियार बर्दिया । बर्दिया राजापुर नगरपालिका वडा न ७,९ र १० मा कहिलेसम्म हात्ती आतंक को सिकार बन्ने स्थानीय किसान। राजापुर नगरपालिका वडा न ७ का स्थानीय किसान श्याम लाल थारुका अनुसार वर्षौ देखि जंगली हात्तीबाट आफूहरुले लगाएको अन्नबाली नोक्सान हुँदै आएको बताउनुभयाे । उनले भन्नुभयाे,'केही वर्ष पहिले विद्युतिय तारबार लगाएर केही हदसम्म त सो तारबारबाट आफूहरुले अन्नबाली राम्रोसँग पाएको तर १/२ वर्षपछि सो तारबारलाई पनि जंगली हात्तीको समुहले पोल भाँचेर तार नाघेर समेत भित्र आएर अन्न बाली नोक्सान गर्ने कहिले काहीँ त आफूहरुले खेतको अन्न घरमा भित्र्याएर पनि घरमै आएर घर तोडफोड गर्ने अन्नबाली खाइदिने समस्या भोग्दै आएका…
Read More
मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन

मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन

२५ माघ,जलेश्वर । महोत्तरी मालपोत कार्यालयको कामकाज आज एक सातापछि पुनः सञ्चालन भएको छ । लेखापढी कानुन व्यवसायीहरुको आन्दोलनका कारण गत बुधबारदेखि नै सदरमुकाम जलेश्वरस्थित उक्त कार्यालयको कामकाज ठप्प रहेकामा आजदेखि पुनः सबै कामकाज सञ्चालन भएको कार्यालयका प्रमुख मोहम्मद इजहार आलमले बताउनुभयो । उक्त कार्यालयमा आबद्ध करिब दुई सय लेखापढी कानुन व्यवसायी (लेखनदास) हरुले सेवाग्राहीहरुलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायत सबै कामकाज बुधबारदेखि नै ठप्प परेका कारण एक सातासम्म कार्यालय बन्द थियो । गत बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि लेखापढी व्यवसायीहरुले पक्राउ परेकाहरु पनि लेखनदास रहेको भन्दै उनीहरुलाई निसर्त छाड्नुपर्ने माग गर्दै…
Read More
नारायणगढ–बुटवल सडक ः चार वर्षमा २५ प्रतिशत काम

नारायणगढ–बुटवल सडक ः चार वर्षमा २५ प्रतिशत काम

२५ माघ,नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको छ । “सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो”, इन्जिनियर दिष्टीले भन्नुभयो, “म्याद थप भएको…
Read More
एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

२४ माघ,ढोरपाटन । चोक-चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ । उहाँले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसक्नुभएको छ । विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहनुभएका उहाँ हाल ८२ देशका गान गाउने तयारीमा हुनुहुन्छ । जिल्लाको बागलुङ नगरपालिका-६ का ४३ वर्षीय नेपालीले राष्ट्रगान गाउँदै विश्व यात्रामा हिँडेको आठ वर्षभयो जसले उहाँलाई विश्वयात्रीका रुपमा स्थापित बनाइसकेको छ । सन् २०१५ देखि विभिन्न देशको राष्ट्रगान गाएर विश्व यात्रा थाल्नु भएका नेपाली अहिलेसम्म युरोपका विभिन्न देश, युएई, भारत…
Read More
मेडिकल कलेज सञ्चालनको स्वीकृति

मेडिकल कलेज सञ्चालनको स्वीकृति

२४ माघ,सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औँ वर्ष चलिरहँदा यसले पूर्णता पाएको हो । कोसी अञ्चल अस्पताललाई टिचिङ अस्पतालका रूपमा प्रयोग गरी पूर्वाञ्चर विश्वविद्यालयमामेडिकल कलेज सञ्चालन गर्ने तयारी भएको मोरङ क्षेत्र नं ३ का सांसद डा सुनिल शर्माले बताउनुभयो । अस्पताल सेवा विस्तारका साथै मेडिकल कलेज सञ्चालनका लागि मोरङ क्षेत्र नं ३ का सांसद डा शर्मा तथा प्रदेशमन्त्री जीवन आचार्यलगायतले पहल गर्नुभएको र प्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री दुवै सकारात्मक भएपछि मन्त्रिपरिषदबाट निर्णय भएको सुन्दरहरैँचा नगरपालिकाका निर्वतमान नगरप्रमुख शिवप्रसाद ढकालको भनाइ छ । सांसद डा…
Read More
मल अभाव हुँदा चिन्तामा किसान

मल अभाव हुँदा चिन्तामा किसान

२४ माघ,मेलम्ची । सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ”, इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो पोख्नुभयो । उहाँ जस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान एका छन् । मल नहाली धान उत्पादन नहुने हुनाले किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन् । यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठूलो परिमाणमा युरिया मल आवश्यक छ । किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था…
Read More
आगलागीबाट बालिकाको मृत्यु

आगलागीबाट बालिकाको मृत्यु

२४ माघ , जुम्ला ।   जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो । आगलागीबाट लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्याले आगलागी पीडितलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
Read More
आजको मौसम : यी चार प्रदेशका हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

आजको मौसम : यी चार प्रदेशका हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण आज विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा अहिले हुस्सुरकुहिरो लागिरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश–१, वाग्मती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । उच्च पहाडी…
Read More
प्रेमप्रसाद आत्मदाह प्रकरण : प्रहरीले उपेन्द्र महतोसँग पनि लियो बयान

प्रेमप्रसाद आत्मदाह प्रकरण : प्रहरीले उपेन्द्र महतोसँग पनि लियो बयान

काठमाडौं । आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ। काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि केही दिन आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्दामा आरोप लगाएपछि महतोसँग प्रहरीले बयान लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आत्मदाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा लेखेका पत्रका आधारमा प्रहरले व्यवसायी महतो र उनले सञ्चालन गर्दै आएको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको उल्लेख गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए । आचार्यले व्यवसायी महतोको कम्पनीले बाँकी बक्यौता दिनुपर्नेमा म्याद…
Read More
Page 414 of 452
1 … 412 413 414 415 416 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.