समाज

दुर्गाराज पाठकलाई क्यान कार्यवाहक सचिवको जिम्मेवारी

दुर्गाराज पाठकलाई क्यान कार्यवाहक सचिवको जिम्मेवारी

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ । पोखरामा बसेको कार्यसमिति बैठकले सचिवको जिम्मेवारी पाठकलाई दिने निर्णय गरेको हो । पोखरामा भएको कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका थिए । मल्लले यो जिम्मेवारी गत वर्ष मात्र पाएका थिए । त्यसअघि सचिवको जिम्मेवारी अशोकनाथ प्याकुरेलले सम्हालेकोमा उनले राजीनामा दिएका थिए । मल्लको राजीनामापछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । यस्तै,क्यानको साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने भएको छ । पोखरामा बसेको कार्यसमिति बैठकले अर्को महिना वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका…
Read More
ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि

१८ माघ , पाँचथर ।   पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो । वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको पाइएपछि वडाले बजेटको व्यवस्था गरी औषधि वितरण थालेको हो । चालु आर्थिक वर्षमा रु चार लाख बजेट व्यवस्था गरी औषधि वितरण थालिएको वडाध्यक्ष विमल राईले जानकारी दिनुभयो । स्वास्थ्यचौकी ओयामबाट उच्च रक्तचाप र मधुमेहको औषधि खाने ६० वर्षमाथिका वडावासीको तथ्याङ्क सर्वेक्षणपछि वडाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । वडाध्यक्ष राईका अनुसार स्वास्थ्य…
Read More
अर्कैको नाममा ‘लाइसेन्स’को ट्रायल दिने श्रेष्ठ पक्राउ

अर्कैको नाममा ‘लाइसेन्स’को ट्रायल दिने श्रेष्ठ पक्राउ

काठमाडौं । भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट अर्कैको नाममा मोटरसाइकलको लाइसेन्स ट्रायल दिने परीक्षार्थी पक्राउ परेका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका – ९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउपालिका-५ बस्ने वर्ष २५ का युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-५ घर भई हाल भक्तपुर दधिकोट बस्ने वर्ष २३ को देवबहादुर श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको हो। वास्तविक परीक्षार्थी खड्कालाई पनि अनुसन्धान गर्न हिरासतमा राखिएको छ।
Read More
शालीनदी मेलामा रु ८४ लाख भेटी संकलन

शालीनदी मेलामा रु ८४ लाख भेटी संकलन

१८ माघ , काठमाडौँ ।   काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी संकलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम संकलन भएको हो । गत वर्ष कोरोना महामारीका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो । संकलन  भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । माघ २२ गतेसम्म चल्ने उक्त…
Read More
सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

१७ माघ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो । ‘हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका छौं’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले भने, ‘ हामीले उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेका छौं ।’ एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च…
Read More
दाङमा कारागारभित्रै महिला बलात्कृत

दाङमा कारागारभित्रै महिला बलात्कृत

दाङ । तुलसीपुर कारागार कार्यालयमा कैद भुक्तान गरिरहेकी एक महिला कारागारभित्रै बलात्कृत भएको खुलासा भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी दाङ तुलसीपुरकी ३० वर्षीया महिला गत कार्तिक १७ गते बलात्कृत भएको खुलेको हो । कार्तिक १७ गते दिउँसो २ बजे उक्त घटना भएपनि गुपचुप राखिएको उक्त घटना सोमबार मात्रै बाहिर आएको छ । प्रहरीका अनुसार कारागार कार्यालयको भान्सा कोठामा महिला बलात्कृत भएकी थिइन् । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्म्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले उनीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पीडित महिला र पीडक चौधरी कारागार…
Read More
मध्य जाडोमा पनि भएन न्यानो कपडाको व्यापार

मध्य जाडोमा पनि भएन न्यानो कपडाको व्यापार

१६ माघ , काठमाडौं । यस पटकको जाडो सकिन लाग्यो, आधा माघ कटिसक्यो तर, अघिल्ला वर्षहरुमा झै यस वर्ष व्यापारीहरुले न्यानो कपडाको व्यापार गर्न पाएका छैनन् । यो वर्ष हिउँदे जाडोको सुरुदेखि नै व्यापार बढ्न नसक्दा महाबौद्ध र गुच्चा टोलका व्यापारीहरु फुर्सदिला देखिन्छन् । काठमाडौंको महाबौद्धमा विगत २७ वर्षदेखि कपडाको थोक व्यापार गर्दैआएका व्यापारी अशोक प्रधानले सरकारले कपडाको मूल्य बढाइदिएकाले पनि व्यापार बढ्न नसकेको बताउनुहुन्छ । “कपडाको मूल्य बढाइएकाले पनि खरिद गर्ने ग्राहकहरु यो वर्ष घट्न पुग्यो”, उहाँले भन्नुभयो । कोभिड–१९ को महामारीले दुई वर्षसम्म व्यापार थिलथिलो भयो । यस्तैमा सरकारले उल्टै कर बढाइ दिएपछि यस वर्ष सोचेजस्तो कपडाको व्यापार…
Read More
ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु

माघ १६, काठमाडाैं।  ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। गएराति साढे १२ बजे बिएन्डबी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन्। ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो। ट्याक्सीमा ६ जना सवार थिए भने कारमा दुई जना सवार थिए। ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका(७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको…
Read More
बाँकेमा श्रीमानले श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते

बाँकेमा श्रीमानले श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौं । बाँकेको कोहलपुरका एक व्यक्तिले श्रीमती र छोरालाई पेट्रोल खन्याएर आगो लगाउँदा छोराको मृत्यु भएको छ । साेही घटनामा श्रीमती भने गम्भीर घाइते भएकी हुन् । कोहलपुरका भानुभक्त बिकले श्रीमती गंगासँग आइतबार साँझ झगडा गरेपछि पेट्रोल खन्याएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हो । श्रीमतीलाई आगो लगाउँदा २ वर्षीय छोरा प्रिन्सको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जलेर गम्भीर घाइते भएका आमा र छोरालाई उपचारका लागि भेरी अस्पतालमा लगिएकाेमा छोराको साेमबार बिहान मृत्यु भएको हो । भारततर्फ भाग्दै गरेका बिकलाई प्रहरीले नेपाल–भारत सीमाबाट पक्राउ गरेको छ ।
Read More
आजदेखि सरकारी कार्यालय बिहान १० देखि अपरान्ह ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय बिहान १० देखि अपरान्ह ५ बजेसम्म खुल्ने

काठमाडौं । सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन् । गृह मन्त्रालयका अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने भएका हुन् । मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ । जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन् । वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले उल्लेख गरेको छ।
Read More
Page 415 of 452
1 … 413 414 415 416 417 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.