समाज

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

२७ माघ,काठमाडौँ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । तराईका भू–भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read More
भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी

भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी

२७ माघ,भैरहवा । लामो समयको पर्खाइपछि भैरहवामा एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको बाटो खुलेको छ । आइसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको छ । आइसीपी निर्माणको लागि सङ्घीय आयोजना कार्यान्वयन एकाइले ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तरण गरिसकेको छ । यही माघ २२ गते सङ्घीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स, लखनउलाई आइसीपी निर्माणका लागि जग्गा हस्तान्तरण गरेको छ । यससँगै यसअघि भैरहवा भन्सार कार्यालयले पार्किङको रुपमा प्रयोग गर्दै आएको निर्माणस्थल खाली गराइएको छ । ठेक्काको अन्तिम कामका लागि फाइल काठमाडौँ पठाएको र अबको एक साताभित्रै भारतबाट मेसिन ल्याई काम सुरु गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि इरशाद…
Read More
भूकम्पमा परी टर्की र सिरियामा २० हजारभन्दा बढी मानिसको मृत्यु

भूकम्पमा परी टर्की र सिरियामा २० हजारभन्दा बढी मानिसको मृत्यु

माघ २७, काठमाडाैं ।   गत सोमबार गएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी टर्की र सिरियामा २० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार टर्कीमा शुक्रबार बिहानसम्म १७ हजार  ४ सयभन्दा बढी र सिरियामा ३ हजार ३ सय मानिसको मृत्यु भएको पुष्टि भएको छ। अब दुबै देशमा भत्किएका संरचनाभित्र पुरिएका मानिसहरूको उद्धार हुन सक्ने सम्भावना न्यून भएको छ। योसँगै मृतकको संख्या अझै बढ्ने सक्ने बताइएको छ। टर्कीमा मात्रै ६ हजार ५ सय वटा भवनहरू भत्किएका छन् भने थुप्रैमा गम्भीर क्षति भएको छ। भूकम्प पीडितहरू हिउँको चिसो खप्दै खुला आकाशमुनि रात बिताउन बाध्य छन्। द्वन्द्वग्रस्त उत्तरी सिरियामा अन्तर्राष्ट्रिय समुदायले पठाएको…
Read More
पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

२७ माघ,काठमाडौँ । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।
Read More
भवन सञ्चालनमा नआउँदै जिर्ण

भवन सञ्चालनमा नआउँदै जिर्ण

२७ माघ,खजुरा । बाँकेको खजुरा गाउँपालिकाले निर्माण गरेको नयाँ भवन सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा छ । सो गाउँपालिकाको वडा नम्बर ५ स्थित निर्माण गरिएको भवन सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा पुगेको हो । सुरुमा प्राविधिक विद्यालय बनाउने योजनाका साथ उक्त भवन निर्माण थालिएको हो । एक स्थानीय तहमा एउटा मात्र प्राविधिक विद्यालय सरकारले सञ्चालनको अनुमति दिने भएपछि खजुरामा दुई प्राविधिक विद्यालय यसअघि नै रहेकाले समस्या भएको थियो । उक्त भवनलाई मुस्लिम छात्रा पढाउने गरी विद्यालय सञ्चालन गर्ने गरी गाउँपालिकाले भवन निर्माण सम्पन्न गरे पनि उक्त योजना कार्यान्वयन भएको छैन । वडा नम्बर ५ स्थित भानु माविको करिब सात कट्ठा क्षेत्रफलमा निर्मित…
Read More
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

२६ माघ,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४२ अङ्कले उकालो लागेर चार सय १५ दशमलव ४२ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, ५८…
Read More
मध्यविन्दुमा बहुप्राविधिक शिक्षालय

मध्यविन्दुमा बहुप्राविधिक शिक्षालय

२६ माघ,मध्यविन्दु । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) ले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा आंगिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । परिषद्को २०७९ असोज २ गते सम्पन्न बैठकले गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको थियो । मध्यविन्दु नगरपालिका नवजागरण नमुना मावि र स्थानीय तहबाटै जग्गा व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तयार गरी परिषद्को आङ्गिक शिक्षालयको रुपमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय भए बमोजिम जग्गा प्राप्ती लगायतको प्रक्रिया अगाडि बढेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो । मध्यविन्दु नगरपालिका–६ मा शिक्षालय स्थापनाको लागि जग्गा प्राप्तिको प्रक्रिया बढाइएको…
Read More
पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

२६ माघ,बैतडी । पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो । हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । रु ११ करोडको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियोे । गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त…
Read More
वायु प्रदूषणको जोखिममा पोखरा

वायु प्रदूषणको जोखिममा पोखरा

२६ माघ,अन्नपूर्ण (कास्की) । स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्लो समय पर्यटकीय नगरी पोखरा वायु प्रदूषणको चपेटामा पर्दै गएको छ । एक तथ्याङ्कअनुसार पोखराको वायु प्रदूषण दिनानुदिन बढ्दै गएको छ । स्वच्छ ऊर्जा नेपालले गरेको सर्वेक्षणको तथ्याङ्कअनुसार पोखरामा यसको दर बढिरहेको छ । सो संस्थाले पोखरामा वायु प्रदूषण मापन यन्त्र राखेर अध्ययन थालेको छ । संस्थाले पोखरामा राखेको मापन केन्द्रले बुधबार ८ः३० बजेको समयमा हावामा प्रदूषणको सूचक तीन सय ५१ देखाएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम संयोजक वर्षा…
Read More
आठ सडकको स्तरोन्नति गरिँदै

आठ सडकको स्तरोन्नति गरिँदै

२६ माघ,धनकुटा । चालु आर्थिक वर्षमा करिब रु साढे चार करोडको लगानीमा जिल्लाका विभिन्न आठ सडकको स्तरोन्नति तथा सुधार गरिने भएको छ । सडक डिभिजन कार्यालय धनकुटाका अनुसार चार करोड ३८ लाख १२ हजारको लागतमा उक्त सडकको सुधार हुन लागेको हो । सबै सडकको ठेक्का प्रक्रिया सम्पन्न भई आयोजनाको सम्झौता हुने चरणमा रहेको कार्यालयका इञ्जिनीयर सन्तोष शाहले जानकारी दिनुभयो । सञ्चालन हुन लागेका सडक आयोजनामा निर्माणाधीन मोरङको केराबारी हुँदै चौबिसे गाउँपालिकाबाट छथर जोरपाटी गाउँपालिका जोड्ने हुलाकी मार्गको एक करोडको लागतमा सुधार गरिनेछ । त्यस्तै छथर जोरपाटी गाउँपालिकाको मध्यपहाडी लोकमार्गको सिंधुवा बजारबाट महालक्ष्मी नगरपालिका हुँदै लोकमार्गको भोजपुर जोड्ने नगरपालिकाको मुख्य सडक,…
Read More
Page 413 of 452
1 … 411 412 413 414 415 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.