समाज

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

१ फागुन,बैतडी । दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ । जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालिएको जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठका अनुसार चिकित्सक कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाबाट कार्यक्रम सञ्चालन गरिएको हो । पालिकाको कुलाउ स्वास्थ्यचौकीमा दुई दिने विशेषज्ञ शिविरमा बालरोग विशेषज्ञ, एमडीजीपी, दन्तरोगसम्बन्धीका चिकित्सकले सेवा दिएका छन् । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, ‘अल्ट्रासाउण्ड’ सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो । यस्तै अल्ट्रासाउण्ड…
Read More
अध्ययनसँगै च्याउ खेती

अध्ययनसँगै च्याउ खेती

१ फागुन,भजनी । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत हुनुुहुन्छ । उहाँ अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफँै व्यवस्थापन गर्दै आउनुभएको छ । कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उहाँलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन । “भाडाको बसाइँ, सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने”, विपनाले भन्नुभयो, “च्याउ खेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ । त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ ।”समूहमा जोडिएका अछाममा रमेश…
Read More
ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

१ फागुन,फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिनुभयो । ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
Read More
ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

 १ फागुन,फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिनुभयो । ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
Read More
धारा छ पानी छैन

धारा छ पानी छैन

२९ माघ,डडेल्धुरा । डडेल्धुराका दलित बस्तीमा खानपानीको अभाव हुन थालेको छ । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो । अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो । यहाँ दुई सय ५० घरधुरी छन् । यहाँ वि।सं २०४२ सालमा खानेपानी योजना पुगेको थियो । चार वर्ष अगाडि पनि खानेपानीका लागि घरघरमा धारा निर्माण भएका थिए । तर पुराना योजना जीर्ण हँुदै जानु र नयाँ योजना बजेट अभावका कारण सम्पन्न नहुँदा पानीको अभाव भएको वडा नं ६ का वडाध्यक्ष केवी ताम्राकारले बताउनुभयो ।…
Read More
एक हजारभन्दा बढी कुकुरको बन्ध्याकरण

एक हजारभन्दा बढी कुकुरको बन्ध्याकरण

२८ माघ,त्रिशूली । विदुर नगरपालिकामार्फत नगरभित्रका एक हजार भन्दाबढी सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत एक हजार एकसय ४५ कुकुरलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप लगाइएको हो । नगरप्रमुखर राजन श्रेष्ठका अनुसार सामुदायिक कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनाका साथै रेविज रोगको सङ्क्रमण बढाउने, ट्राफिक आवागमनमा असर पु¥याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्ध्याकरण र खोप कार्यक्रम चलाइएको हो । “नगरवासीको सुरक्षा एवं पशुको रक्षाका लागि सामुदायिक कुकुर नियन्त्रण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।” उहाँले…
Read More
अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

२९ माघ,काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो । सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुन महाधिवेशन हुदैँछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने…
Read More
दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन

दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन

२९ माघ,दमौली । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन बनेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेल सरुवा भएर गएदेखि अस्पताल प्रमुखविहीन बनेको हो । गत वर्ष चैतदेखि अस्पताल निमित्तको भरमा सञ्चालन हँुदै आएको छ । निमित्तको भरमा अस्पताल सञ्चालन हुँदा प्रशासनिक काममा असर पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो । पौडेलको सरुवा भएदेखि डा दिवस ढकालले निमित्तको जिम्मेवारी पाउनुभएको छ । निमित्त प्रमुख डा ढकाल पनि कुनैबेला विदेश र कहिले बिदामा बसिदिँदा कार्यालयको प्रशासनिक काम गर्न अप्ठ्यारो हुँदै आएको थापाले बताउनुभयो । “प्रमुखविहीन हुँदा अस्पतालको प्रशासनिक काम ठप्प भएको छ, स्वास्थ्य मन्त्रालयमा…
Read More
मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

२९ माघ,काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राईलगायतले २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपालले आगामी फागुन ३ र ६ गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा तथा गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ छन् । यसैगरी…
Read More
लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

२९ माघ,दोधारा चाँदनी । कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताउनुभयो । “हरेक वर्ष हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण हुनसकेन”, उहाँले भन्नुभयो, “यस वर्षदेखि पुनःप्रतियोगिता निरन्तर सञ्चालन गर्नेछौँ ।” उहाँका अनुसार दश दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले नगद रू दुई लाख ११ हजार एक सय ११ सहित…
Read More
Page 411 of 452
1 … 409 410 411 412 413 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.