ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु
माघ १६, काठमाडाैं। ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। गएराति साढे १२ बजे बिएन्डबी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन्। ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो। ट्याक्सीमा ६ जना सवार थिए भने कारमा दुई जना सवार थिए। ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका(७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको…
