समाज

आगलागी पीडितलाई मन्त्रीको सहयोग

आगलागी पीडितलाई मन्त्रीको सहयोग

११ माघ,धनकुटा । धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब्ध गराउनुभएको छ । उहाँले छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारमा पुगेर आठ पीडितलाई रु ५५ हजार सहयोग गर्नुभएको हो । मन्त्री राईले पीडित झमक थापालाई रु १५ हजार, सन्तबहादुर राईलाई रु १० हजारका साथै लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच-पाँच हजार प्रदान गर्नुभयो । उहाँले आगजनीमा नष्ट भएको घर बनाउन पहल गरिने प्रतिबद्धता पनि जनाउनुभयो । स्थानीयवासीसँगको भेटमा मन्त्री राईले चाँडै नयाँ भूमि आयोग गठन गरेर भूमिहिनको समस्या…
Read More
पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

११ माघ,काठमाडौँ । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौँका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गर्नुभएको छ । पेट्रोलपम्पबाट सिधैँ सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन…
Read More
एक वर्षअघि भागेर विवाह गरेका जाेडीलाई परिवारलले छुटाएपछि राेजे आत्महत्याकाे बाटाे

एक वर्षअघि भागेर विवाह गरेका जाेडीलाई परिवारलले छुटाएपछि राेजे आत्महत्याकाे बाटाे

झापा । झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई एक दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन्। कचनकवल गाउँपालिका–४ केचनाको खुट्टामुनि भन्ने ठाउँमा एभरेष्ट चिया बगानमा ती दम्पतीले झुन्डिएर आत्महत्या गरेका हुन् । कचनकवल–४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको प्रेम कहानी सुखद् नरहेपछि आत्महत्याकाे बाटाे राेजेकाे बुझिएकाे छ । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार राजेशकुमार र पवित्रा प्रेम सम्बन्धमा थिए। परिवारले बिहे नगरिदिने भएपछि उनीहरुले एक वर्षअघि भागी बिहे गरे। केटीका परिवारलाई उनीहरूबीचको सम्बन्ध मन परेको थिएन। बिहेपछि पनि उनीहरुलाई परिवारले स्वीकारेन। केटीको परिवारले उनलाई मुद्दामामिला गर्न दबाब दिए। दबाबमा परेर उनले राजेशविरुद्ध प्रहरीमा उजुरी दिइन्।…
Read More
बानेश्वरमा किन गर्न खाेजे युवाले आत्मदहकाे प्रयास ? यस्ताे छ कारण

बानेश्वरमा किन गर्न खाेजे युवाले आत्मदहकाे प्रयास ? यस्ताे छ कारण

काठमाडौँ । मंगलबार अपराह्न संसद भवन अगाडि आत्महत्याको प्रयास गर्ने युवाले असफलताका कारण आत्महत्या गर्न खोजेको तथ्य खुलेको छ । इलामको सुर्योदय नगरपालिका ११ स्थित फिक्कलका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले सबैतिरबाट आफू लुटिएको कारण आत्महत्याको बाटो रोजेको बताएका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै आफूलाई सबैतिरबाट लुट्ने काम मात्रै भएको र सम्पत्ति पनि सबै सकिएको कारण आत्महत्याको बाटो रोज्न लागेको बताएका छन् । आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका प्रेमको यतिबेला वर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आफूलाई सबैतिरबाट लुटिएको र सम्पत्ति सकिएको भन्दै क-कसको कारण…
Read More
बाबुद्वारा १५ वर्षीया छोरी बलात्कृत

बाबुद्वारा १५ वर्षीया छोरी बलात्कृत

बागलुङ । बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्। छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए।
Read More
कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौं । देशका कही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेपछि पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको…
Read More
आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा यस्तो लेखेका थिए प्रेम आचार्यले

आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा यस्तो लेखेका थिए प्रेम आचार्यले

१० माघ ,काठमाडौं ।  इलामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका छन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा अहिले उनको शरीरको अगाडि पट्टिको जलेको भागमा पानीलगाएर सफाइ भइरहेको अस्पतालले जनाएको छ। गम्भीर अवस्थाका आचार्यको उपचार जारी रहेको अस्पतालले जनाएको छ। आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले शरीरमा आगो छोडेका छन्। आत्मदाहको उनको प्रयास आफ्नो असफलताको कथाका रुपमा चित्रण गरेका छन‍्। आचार्यले सामाजिक सञ्जालमा लेखेका उनका भावना जस्ताको तस्तै: म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन…
Read More
एनसेलको सहकार्यमा ह्याकाथन कार्यक्रमको आयोजना गर्दै

एनसेलको सहकार्यमा ह्याकाथन कार्यक्रमको आयोजना गर्दै

काठमाडौं । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले शिक्वल फाउन्डेसनसँगको सहकार्यमा माघ २७ देखि माघ २९ गते ह्याकाथन कार्यक्रमको आयोजना आयोजना गर्ने भएको छ । देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्न लागेको एनसेलले जनाएको छ । विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको हो । कार्यक्रमको प्रमुख उदेश्य महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको पनि एनसेलले जनाएको । यस…
Read More
संसद भवनबाट प्रधानमन्त्रीको गाडी निस्कनेबित्तिकै आत्मदाह प्रयास

संसद भवनबाट प्रधानमन्त्रीको गाडी निस्कनेबित्तिकै आत्मदाह प्रयास

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार दिउँसो प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उनी घाइते भएका छन् । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । ३६ वर्षीय उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको…
Read More
धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

१० माघ,झापा । दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने हल्ला सुन्दा उहाँजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्याएका थिएनन् । “हेर्दाहेर्दै १८ तलाको टावर बनिसक्यो, बाहिरका मानिसहरु के छ, कसो हुँदैछ भनेर सोधीखोजी गर्न दिनहुँ आइरहन्छन्,” गौतम भन्नुहुन्छ, “तीन वर्षअघि सम्ँिझदा यो ठाउँ धान खेतीका लागि पनि त्यति उब्जाउ थिएन, अहिले ठूलो सहर बस्लाजस्तो भइसक्यो ।” नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रुपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ साल…
Read More
Page 418 of 452
1 … 416 417 418 419 420 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.