समाज

गर्भवतीको मृत्यु

गर्भवतीको मृत्यु

१० माघ,बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको बताउनुभयो । “चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ”, उहाँले भन्नुभयो, “ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी पाएका छौँ ।” विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै मृत्यु भइसकेको र बच्चा…
Read More
नेतृत्व विकास तालिम

नेतृत्व विकास तालिम

१० माघ,धुलिखेल । बेथानचोक गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवं उद्घोषणसम्बन्धी तालिम सञ्चालन गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित एकहप्ते सो तालिममा वडा नं १ देखि ६ सम्मका जनप्रतिनिधिको सहभागिता रहेको थियो । तालिम कार्यक्रम यही माघ ३ गते सञ्चालन भएर ९ गते समापन भएको हो । सो अवसरमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले संवैधानिक प्रावधानअनुसार स्थानीय पालिकामा महिला जनप्रतिनिधिको सार्थक र नेतृत्वदायी भूमिका कमजोर नहोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । सुशासन, इमानदारिता, पारदर्शिता र काम गर्ने उजागर महिला जनप्रतिनिधिको छवि बनेको जनाउँदै उहाँले यस्ता तालिम तथा कार्यक्रमले यसलाई मजबुत तुल्याउने छ…
Read More
विर्तामोडमा आधुनिक सडक बन्दै

विर्तामोडमा आधुनिक सडक बन्दै

१० माघ,झापा । विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको रु ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो । दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखाका इञ्जीनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई लेनको सडकको दुवैतर्फ पेबर्स बिछ्याइनेछ । सो सडक निर्माणको क्रममा पाँचवटा बक्स पाइप, १२ वटा ह्युमपाइप राखिने उहाँले बताउनुभयो । सात मिटर…
Read More
सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

१० माघ,सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहँुदा वर्षात्का समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हँुदै आएको थियो । सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत उक्त खोलामाथि ‘स्टिल बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् । सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले सोमबार शिलान्यास गर्नुहुँदै चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुलको निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । सुनकोसी–३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने सो पुल ९६ मिटर लामो हुने सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । रु ५६…
Read More
एक महिना अघि खुलेकाे ‘जेल रेष्टुरेण्ट’ प्रशासनले गरायाे बन्द

एक महिना अघि खुलेकाे ‘जेल रेष्टुरेण्ट’ प्रशासनले गरायाे बन्द

काठमाडाैं । रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ प्रशासनले बन्द गरिदिएको छ। उक्त रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको प्रहरीले जनाएको छ। ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो। ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए। उक्त रेष्टुरेण्ट खुलेको जानकारी स्थानीय सञ्चार माध्यमबाट बाहिरिएका थिए। अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको उनले बताए। फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन…
Read More
होस्टेलमा एसईई तयारी गरिरहेका छात्रा कुट्ने प्रधानाध्यापक पक्राउ

होस्टेलमा एसईई तयारी गरिरहेका छात्रा कुट्ने प्रधानाध्यापक पक्राउ

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाको चन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रधानाध्यापक प्रेम थापालाई पक्राउ गरेको छ। होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेको आरोप छ। उक्त होस्टलमा बसेर पढ्दै आएकी भीमाद नगरपालिका–४ बरण्डाँडाकी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा उनी घाइते भएकी थिइन्। लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिए। राम्रोसँग पढ्नु भन्ने हेतुले सामान्य कुटपिट गरेको प्रअ थापाको भनाइलाई उद्धृत गर्दै निरीक्षक अर्यालले बताए। अन्य…
Read More
मेघ गर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

मेघ गर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

काठमाडाैं । आज (मंगलबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस्तै भोलि बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको…
Read More
अदुवाको बीउमा दुई करोड भ्रष्ट्राचार !

अदुवाको बीउमा दुई करोड भ्रष्ट्राचार !

काठमाडौं । किसानलाई आर्थिक रुपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले पनि सोही कुराको पुष्टि गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा पनि यस्तै भएको छ । अदुवाको बीउ खरिद लागत अनुमान कानूनबमोजिम नभएको भनी परेको उजुरीमाथि छानबिन गर्दा नगरपालिका प्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीसमेत भ्रष्टाचारमा संलग्न भएको पाइएको छ । मानविय कारणबिना नै अस्वाभाविकरुपमा अदुवा खरिदका लागि दररेट तय गरेर नगरपालिकाका तत्कालीन प्रमुख भूपराज अधिकारीविरुद्ध १३ लाख बराबरको बिगो कायम गर्दै विशेष…
Read More
न्यायिक समितिलाई कानुनी अड्चन

न्यायिक समितिलाई कानुनी अड्चन

९ पुस,सुर्खेत/भेरीगङ्गा । स्थानीय तहमा गठित न्यायिक समितिलाई कानुनी जटिलता र जनशक्ति अभावका कारण काम गर्न समस्या भएको छ । गाउँपालिका उपाध्यक्ष एवम् नगरपालिका उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिमा कानुन र जनशक्तिको अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको हो । युएनडिपी र जिल्ला समन्वय समिति सुर्खेतको संयोजन तथा इन्सेक कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको न्यायिक समितिका सदस्यलाई न्याय सम्पादनसम्बन्धी दुई दिने कार्यशालामा बोल्दै स्थानीय तहका जनप्रतिनिधिले कानुनी ज्ञान र जनशक्तिीपूर्ति गर्ने बाटो खोलिदिन माग गरेका हुन । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले प्राविधिक जनशक्ति तथा कानुनको अभावमा पालिकाका न्यायिक समिति न्याय सम्पादन गर्न अन्योल रहेको बताउनुभयो । उहाँले सङ्घ र प्रदेश…
Read More
तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति

तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति

९ माघ,कर्णाली । दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र.१०२६ च ९२१३ नंको डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान २ः३० बजे सडकमा अनियन्त्रित भई वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा दुर्घटना भएको थियो । त्यसमा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको घटनालाई लिएर यहाँस्थित विभिन्न निकाय, सङ्घ-सङ्गठनले शोक विज्ञप्ति जारी गरेका छन् । सुर्खेत स्वास्थ्य सेवा निर्देशनालय, दैलेखस्थित स्वास्थ्य सेवा कार्यालयका साथै राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) कर्णाली प्रदेश समिति अध्यक्ष देवेश्वर गिरीले शोक वक्तव्य जारी गर्दै राष्ट्रसेवक कर्मचारीहरुको मृत्युले स्वास्थ्य क्षेत्र र पारिवारिक जीवनमै ठूलो क्षति पुगेका पुगेको…
Read More
Page 419 of 452
1 … 417 418 419 420 421 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.