समाज

लक्ष्मी महतो कोइरी मुद्धा : गृहमन्त्रीलाई प्रहरीले नटेरेकै हो ?

लक्ष्मी महतो कोइरी मुद्धा : गृहमन्त्रीलाई प्रहरीले नटेरेकै हो ?

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या आरोपित व्यक्ति संसद्मै रहेको भन्दै नियमापत्ति जनाए । खतिवडाले महोत्तरी–१ बाट निर्वाचित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई लक्षित गरेर नियमापत्ति जनाएका थिए । सभामुखको निर्वाचन हुनुपूर्व अध्यक्षता गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग समय लिएर बोलेका खतिवडाले सो विषयलाई लिएर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई समेत कटाक्ष गरेका थिए । खतिवडाले संसद् बैठकमा यो विषय उठाएपछि गृहमन्त्री लामिछाने आफ्नो समय आउँदा रोस्ट्रममै जंगिए । उनले फरार रहेका मानिस संसद्मा भए पनि त्यसलाई विधि र पद्धतिबाटै काम हुने भनेर टालटुले जवाफ दिए । ‘फरार मानिस संसद्मा हुनुहुन्छ, पक्राउ गर्नुस्…
Read More
सोनाम ल्होछार आज : विशेष कार्यक्रम गरी मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

सोनाम ल्होछार आज : विशेष कार्यक्रम गरी मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले…
Read More
सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

सुर्खेत । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक गाडी शनिबार राति दुर्घटनामा परेको हो । प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परेर दैलेखको गुराँस गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय नविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र ठेगाना नखुलेका करिब २७ वर्षीय सागर शाहीको मृत्यु भएको छ। दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का २५…
Read More
एकैपटक ७० जना सीडीओ र सहायक सीडीओको सरुवा (सूचीसहित)

एकैपटक ७० जना सीडीओ र सहायक सीडीओको सरुवा (सूचीसहित)

काठमाडाैं । सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार पप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको हो।
Read More
कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भीर घाइते

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भीर घाइते

धनगढी। कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अत्तरियाका अनुसार चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर मृत्यु भएको हो । उनी सहचालक हुन् । दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा गम्भीर चोट लागेको छ । गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको…
Read More
खोटेहाङ–काठमाडौँ बस सेवा सञ्चालन

खोटेहाङ–काठमाडौँ बस सेवा सञ्चालन

६ माघ,खोटाङ । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाबाट पहिलोपटक पूर्वी तराई तथा राजधानी काठमाडौँसम्मको सिधा बस सेवा सञ्चालनमा आएको छ । खोटाङ यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले वडा नं ३ सावाकटहरेको निगालेबाट काठमाडौँ र पूर्व तराईको इटहरीसम्म दैनिक बस सेवा सञ्चालन गरेको हो । खोटेहाङको वाखुताङ–काठमाडौँ दैनिक बिहान ४ बजे, वाखुताङ–गाईघाट बिहान ५ः३० बजे, खोटाङबजार–काठमाडौँ बिहान ५ बजे, सिम्पानी–काठमाडौँ बिहान ६ः३० बजे र खोटाङबजार–गाईघाट बिहान ६ः३० बजे बस छुट्ने व्यवस्था मिलाइएको छ । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै खोटाङ यातायात प्रालिले खोटेहाङबाट पूर्वी तराई तथा काठमाडौँसम्मको सिधा यातायात सेवा सञ्चालनमा ल्याएको प्रालिका महासचिव…
Read More
ट्राउजरभित्र लुकाई राखेको ब्राउनसुगरसहित दुई जना पक्राउ

ट्राउजरभित्र लुकाई राखेको ब्राउनसुगरसहित दुई जना पक्राउ

बाँके । प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट ९ ग्राम लागूऔषध खैरो हेरोइनसहित १९ वर्षीय महेन्द्र बुढा मगरलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरिएको हो । यस्तै,झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित लमजुङको बेशीशहर नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–५ डेरा गरी बस्ने २४ वर्षीय युकेन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई विमानस्थल सुरक्षा गार्ड चन्द्रगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्राउजरको ईजार…
Read More
मृत्युपछि सबै अंगदान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

मृत्युपछि सबै अंगदान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु । मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु। यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु।’ अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने उनको विश्वास छ । नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी…
Read More
९७ सशस्त्र प्रहरी उपरीक्षकको सरुवा

९७ सशस्त्र प्रहरी उपरीक्षकको सरुवा

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो । सरुवासँगै सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा कार्यरत राजेश उप्रेतीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १० गण हेडक्वाटर सर्लाहीमा कार्यरत भरत खनियाँलाई सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा, सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेडक्वाटर रौतहटमा कार्यरत धुब्रबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा…
Read More
बाजुरामा हिमपात सुरू

बाजुरामा हिमपात सुरू

बाजुरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो । पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीबारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ । चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम दुई डिग्री सेल्सियसमा झरेको छ । चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । हिमपात हुन लागेपछि कृषक खुसी भएका छन् । वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको…
Read More
Page 421 of 452
1 … 419 420 421 422 423 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.