Share Icon

बाँके । प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट ९ ग्राम लागूऔषध खैरो हेरोइनसहित १९ वर्षीय महेन्द्र बुढा मगरलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरिएको हो ।

यस्तै,झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित लमजुङको बेशीशहर नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–५ डेरा गरी बस्ने २४ वर्षीय युकेन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई विमानस्थल सुरक्षा गार्ड चन्द्रगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्राउजरको ईजार रहने प्वालभित्र ब्राउनसुगर फेला पारी पक्राउ गरिएको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box

Share Icon