सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

Share Icon

१० माघ,सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहँुदा वर्षात्का समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हँुदै आएको थियो । सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत उक्त खोलामाथि ‘स्टिल बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले सोमबार शिलान्यास गर्नुहुँदै चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुलको निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । सुनकोसी–३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने सो पुल ९६ मिटर लामो हुने सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

रु ५६ लाख ७८ हजार एक सय ३७ को लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने ‘स्टिल पार्टस्’को रु १५ लाख ४७ हजार चार सय ८५ मा ठेक्का सम्झौता भएको छ । अन्य निर्माण भने उपभोक्ता समितिमार्फत हुने गाउँपालिकाका इञ्जीनियर बद्री भुजेलले जानकारी दिनुभयो ।

नेकपा एसको प्रथम जिल्ला सम्मेलन चैत ४ मा नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आगामी चैत ४ गते मेलम्चीमा हुने भएको छ । सुकुटेमा सम्पन्न पाँचौँ पूर्ण बैठकले समाजवादीको केन्द्रीय नीतिअनुसार जिल्ला सम्मेलनको मिति तय गरेको हो ।

सम्मेलन अगाडि जिल्लाभर विभिन्न कार्यक्रम गर्ने बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । उहाँले माघ मसान्तभित्र सबै वडामा भेला गरेर सङ्गठित सदस्यता अद्यावधिक गर्ने, फागनु १५ भित्र सबै पालिकाको भेला गर्ने, फागनु २६ गते जिल्ला सम्मेलनमा सहभागी हुने प्रतिनिधिको छनोट गर्नेलगायत बैठकले निर्णय गरेको बताउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.