जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ
१३ माघ , महेन्द्रनगर धनुषा। धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रदेश २०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज६प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे छन् ।
त्यस्तै, नगराइन नगरपालिका–७ का ज११प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले जानकारी दिनुभयो ।
गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा जुटको बोरामा १० वटा कार्टुनमा राखी पीडारीचोकदेखि उत्तरतर्फ उक्त परिमाणको लागुऔषध लैजाँदै गरेको अवस्थामा बरामद गरिएको प्रमुख खड्काले बताउनुभयो ।