Share Icon

१२ माघ, सुर्खेत। सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो ।

अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो ।

छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उहाँले सुझाव दिनुभयो ।

दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ ।

दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।

Facebook Comments Box

Share Icon