क्यानले भन्यो : सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे छलफलमा छौं

Share Icon

१२ माघ, काठमाडौं ।  नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् ।

आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

थुनाबाट रिहा भएकाले उनलाई टिममा फर्काउनु पर्ने एकथरीको माग छ भने उनीमाथि बलात्कारको आरोप कायमै रहेकाले टिममा फर्काउन नहुने भन्ने पनि माग छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.