Share Icon

काठमाडौं । प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

उनी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका तत्कालीन डिआइजी निरज शाही एआइजीमा बढुवा भएसँगै प्रवक्ता फेरिएका हुन् ।

Facebook Comments Box

Share Icon