आठ कक्षापछि पढ्न सकस
२५ चैत,चितवन । भरतपुर महानगरपालिका–२९ को कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् । चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन् । भौगोलिक विकटताका करण यस क्षेत्रमा माध्यमित तहको पठनपाठन गर्ने विद्यालय नहुँदा कक्षा आठको अध्ययन पछि पढाइ छाड्ने गरेका हुन् । कमलपुरकी सीता परियारका चारजना छोराछोरी छन् । उनीहरुमध्ये दुईजना भरतपुरमा भाडामा बसेर पढ्छन् भने एकजना चौकीडाँडा आधारभूत विद्यालयमा र एकजना घर नजिकैको विद्यालयमा पढ्छन् । कमलपुरबाट चौकीडाँडा विद्यालय पुग्न करिब तीन घण्टा हिँड्नु पर्छ । हिँडेर आउँदा थाक्ने भएकाले पढाइमा ध्यान दिन नसक्ने परियारको भनाइ छ । “बाहिर कोठा लिएर…
