व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी
२५ चैत,भोजपुर । व्यावसायिक बाख्रापालनमा लाग्नुभएका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो । उहाँले टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएको छ । उहाँले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ५० बाख्रा छन् । विदेशमा लामो समय बिताउँदा पनि जीविकोपार्जनमा समस्या भएपछि स्वदेश फर्केर १० वर्षदेखि बाख्रा पालन गर्दै आएको राउतले बताउनुभयो । “तीन देशमा गरी मैले १५ वर्ष विदेशमा बिताए । धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । विदेशमा दुःख गर्नु भन्दा स्वदेशमै गर्छु भनेर…
