समाज

बिस्केट जात्रा अनुगमन

बिस्केट जात्रा अनुगमन

२४ चैत,भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्व, सहायक प्रजिअ माधवप्रसाद शर्मा, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वली, जात्रा व्यवस्थापन समितिलगायत जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्तित्वहरूको सहभागितामा अनुगमन गरिएको हो । अनुगमनमा जात्राका लागि भैरव, भद्रकालीको रथ निर्माणको अवस्था, जात्राका लागि आवश्यक सामग्रीको अवस्था, लिङ्गो उठाउने ठाउँ ल्यासिंखेल र लिङ्गोको अवस्था, जात्राको तयारी एवं जात्राको रुटको अवस्थाका बारेमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । जात्रा सञ्चालनका रुटमा रहेका निर्माण सामग्री हटाउन, जात्राको…
Read More
शुक्लाफाटा राष्ट्रिय निकुञ्जः गस्तीका लागि हात्ती अपुग

शुक्लाफाटा राष्ट्रिय निकुञ्जः गस्तीका लागि हात्ती अपुग

२४ चैत,महेन्द्रनगर । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाार्थ गरिने गस्तीलाई हात्तीको अभाव रहँदै आएको छ । विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ वटा गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । भारतसितसमेत जोडिएको शुक्लाफाँटामा लामो समयदेखि सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले गस्ती गर्ने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा १० वटा हात्तीको दरबन्दी रहे पनि अहिले एउटा छावा (बच्चा)सहित सातवटामात्रै रहेको बताउनुभयो । “अहिले छवटा हात्तीबाट निकुञ्ज गस्ती भइरहेको छ”,…
Read More
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे

अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे

२४ चैत,काठमाडौँ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् । उक्त शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ । अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ । बिहीबारमात्रै छ सय नौ अनलाइन आवेदन परेकामा पाँच सय २९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन स्वीकृत भएका पाँच सय…
Read More
आलेख : रासायनिक मलको विकल्पमा जैविक मल

आलेख : रासायनिक मलको विकल्पमा जैविक मल

२४ चैत,झापा । खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल बनाउने अभियान लोकप्रिय बन्दै गएको छ । रासायनिक मलमा मुलुक पूर्णरुपमा परनिर्भर हुनुपर्दा किसानले चाहिएका बेला चाहिए जति मल कहिल्यै पाउन सकेका छैनन् । किसानलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन नसकिने अवस्था हरेक सरकारको असफलताको मापन बन्ने गरेको छ । तर, प्रयास गर्ने हो भने मुलुकमै रासायनिक मलको खपत घटाएर जैविक मलमा आत्मनिर्भर बन्न सकिने सम्भावनालाई झापाका किसानले उजागर गरेका छन् । रासायनिक मलको प्रयोग न्यूनीकरण…
Read More
विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित

विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित

२४ चैत,देउखुरी । दाङमा पछिल्लो एक वर्षमा विपद्जन्य घटनाका कारण चार हजार दुई सय ३७ परिवार विस्थापित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार गत वैशाखदेखि चैत २३ गतेसम्म विभिन्न विपद्जन्य घटनाका कारण ठूलो क्षति भएको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, पानीमा डुबेर, पानीले बगाएर, चट्याङआदिले आठ सयभन्दा बढी विपद्जन्य घटना घटेका छन् । “जिल्लामा विपद्का घटना सकेसम्म न्यूनीकरणको प्रयास भइरहेको छ, यसका लागि सबै पालिकामा भइरहेका प्रयासबारेमा जानकारी लिने र थप तयारीमा जुट्न अपिल गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी वैद्यले भन्नुभयो, “जिल्लाको…
Read More
हिउँदे बाली भित्र्याउन चटारो

हिउँदे बाली भित्र्याउन चटारो

२४ चैत,दाङ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ । किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् । तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवाकी कमला बस्नेतले अहिले एक्कासि परेको पानीका कारण अन्नबाली जोगाउन समस्या भइरहेको बताउनुभयो । “बाली भित्र्याउने बेला भएको थियो, एक्कासि पानी परेकाले समस्या बनाएको छ”, उहाँले भन्नुभयो । केही दिनअघि परेको बर्सातले बाली भित्र्याउन नपाएका किसान अझै पनि आकाश पूर्ण रूपमा सफा…
Read More
सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन

२४ चैत,खजुरा । गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् । त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो । अहिले सुक्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको छ । विसं २०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो । यसका चारवटा शाखा नहर छन् भने परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनःस्थापना हुनेछ । अहिले पूर्णक्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पूर्वी नहरको लम्बाइ ४३ दशमलव पाँच किलोमिटर…
Read More
कलङ्की–बसुन्धारा सडक विस्तार तयारी

कलङ्की–बसुन्धारा सडक विस्तार तयारी

२४ चैत,काठमाडौँ । चक्रपथको दास्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएकोे छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ । चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि निर्माणस्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन । अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ । उनीहरू आएर काम गर्न खाजेको र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा विजय जैसीले बताउनुभयो । पहिले पूर्वसम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी…
Read More
मौरीपालनमा कृषक आकर्षित

मौरीपालनमा कृषक आकर्षित

२४ चैत,रामपुर (पाल्पा) । पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको छ । कार्यालयले मौरीपालनलाई व्यवसायीकरण गर्न स्थलगतरुपमा मौरी स्रोत विकास केन्द्रमा नै पुगेर कृषकलाई प्रयोगात्मक प्रविधिबारे जानकारी दिने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । “स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ”, उहाँले भन्नुभयो, “व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताका आधारमा सहयोग गरिरहेको छ, व्यावसायिक गर्ने किसान क्रमिकरुपमा बढिरहनुभएको छ ।” मौरी…
Read More
पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

२४ चैत,काठमाडौँ । सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । कोशी नामकरणका सन्दर्भमा आन्दोलनका क्रममा लिम्बूको निधन भएको थियो । आन्दोलनकारीसँगको छलफलपछि सरकारले छानबिन समिति गठन गरेको थियो । बैठकले नामकरणसम्बन्धी आन्दोलनका बारेमा प्रदेश सरकारसँग वार्ता र छलफल गरेर अगाडि बढ्न सङ्घीय सरकारले सहजीकरण गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
Read More
Page 181 of 304
1 … 179 180 181 182 183 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.