समाज

नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि

नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि

२४ चैत,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक चैतेधान खेतीतर्फ आकर्षित भएका छन् । यसले खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७८-७९ मा जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा चालू आर्थिक वर्ष २०७९-८० मा क्षेत्रफल विस्तार भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष करिब २२ हेक्टर क्षेत्रफल बढेको छ ।” हिउँदे वर्षा नहुँदा चैते धान खेती गर्ने क्षेत्रफल अझ बढ्न नसकेको उहाँको भनाइ छ । गत वर्ष छ हजार एक सय २३ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष छ हजार एक सय ७१ मेट्रिक…
Read More
ठमेलमा पर्यटक छन्, व्यापार छैन

ठमेलमा पर्यटक छन्, व्यापार छैन

२४ चैत,काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल आउने गरेका पाइएको छ । ठमेलस्थित सातघुम्तीमा विगत २२ वर्षदेखि ट्रेकिङ जान प्रयोग गरिने सामान बिक्री गर्दै आउनुभएका पून्यराम लागेजु ठमेल क्षेत्रमा पर्यटक बढे पनि व्यापार बढ्न नसकेको बताउनुहुन्छ । “कोरोना महामारी अगाडिको तुलनामा अहिले २० प्रतिशत मात्र व्यापार भएको छ”, उहाँ भन्नुहुन्छ । कोरोना महामारी अघि लागेजुले…
Read More
चलचित्र ‘बहाव’ प्रदर्शनमा

चलचित्र ‘बहाव’ प्रदर्शनमा

२४ चैत,काठमाडौँ । नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिनुभयो । “मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ । यो हाम्रै समाजसँग जोडिएको कथा हो”, उहाँले भन्नुभयो, “कथ्यशैलीमा केही परिवर्तन ल्याउने प्रयाश गरेका छौँ । यसमा चलचित्र बन्ने नियमलाई तोडेर प्रयोग गरिएको छ ।” चलचित्रमा चितवन वरपरको परिवेशलाई देख्न पाइने छ । अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गर्नुभएको छ । छायाङ्कन अवधिभर एकै परिवार भएर…
Read More
नमूना बस्तीमा समस्याका चाङ

नमूना बस्तीमा समस्याका चाङ

२४ चैत,बलेवा । घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त कहिले आफन्तको घरमा उहाँहरुका दिन बिते । विसं २०७२ पछि धनमाया दर्जी र १४ परिवार एकैपटक गाउँबाट बिस्थापित भए । भूकम्पले हल्लिएको जमिन एकाएक भाँसिएपछि सबैले गाउँ छोडे । पाँच वर्षपछि धनमायाको परिवारले आफ्नै घर पाएको छ । उहाँ मात्र होइन काठेखोला गाउँपालिका–५ बिहुँ काहुलेका दश परिवारले पाँच वर्षको कष्टपूर्ण समयपछि गत वर्ष आफ्नै घर पाएका हुन् ।काठेखोला–५ मा एकैनासका १० घर बनेका छन् । सरकारले बनाएको ‘नमूना बस्ती’ मा धनपाया, रुपा दर्जीलगायतका परिवार मिलेर बसेका छन् । दशवटै…
Read More
पहाडी भू–भागमा आंशिक बदली

पहाडी भू–भागमा आंशिक बदली

२४ चैत,काठमाडौँ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यसैगरी राति कोशी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । शनिबार भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका…
Read More
टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

२४ चैत,ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आउनुभयो । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ । पछिल्लो पुस्ता यसको महत्वबारे कमै जानकार छ । बुन्ने सीप छैन । यस्तो अवस्थामा टपरी लोप हुने अवस्थामा छ । यसको ख्याल गर्दै ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको हो । मेलामा बिहीबार भएको टपरी प्रतियोगितामा दुई पुरुषसहित ३८ जना सहभागी भए । घरैबाट बाँसको सिन्का…
Read More
टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

२४ चैत,टीकापुर । कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ । छलफलमा सहभागी हुने सहजकर्ता र वहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहनेछ । टीकापुर साहित्य महोत्सव हरेक वर्ष गरिने अध्यक्ष शाह बताउनुहुन्छ । महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् । महोत्सवको उद्घाटन सत्रमा तीन विधामा पुरस्कार प्रदान गरिने आयोजक…
Read More
बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

२४ चैत,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्‍याएको थियो । बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए ।“यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ…
Read More
‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’

‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’

२३ चैत,काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको आज शिलान्यास गर्नुहुँदै उहाँले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । मन्त्री किराँतीले भन्नुभयो, “स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता हो । कुरा मात्र गर्ने र काम नगर्ने खालका परम्परा अन्त्य गर्नुपर्छ ।” शङ्खरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले पुराना कलासंस्कृति र धार्मिक क्षेत्रलाई बचाउनुपर्छ भन्नुभयो । कार्यक्रममा बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्वशान्ति झ्याङछुप छ्योर्तेन निर्माण सम्पन्न भएपश्चात् काठमाडौँमा नयाँ पर्यटकीय क्षेत्र थपिने बताउनुभयो…
Read More
तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

२३ चैत,दाङ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिनुभयो । कूल कैदीबन्दीमध्ये एक सय ५० कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये एक सय ३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवामा छन् । जसमा एक बालक आश्रित छन् । यसैगरी लागुऔषधका एक सय १३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन् । साथै चार कैदी र १४ थुनुवा गरी १९ महिला छन् । साथमा एक आश्रित बालक…
Read More
Page 182 of 304
1 … 180 181 182 183 184 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.