मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो
२३ चैत,भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्ज्याङका स्थानीयको खानेपानीे समस्या अब समाधान हुनेभएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको रु दश करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको हो । पानीको समस्या रहेका यहाँका तीन सय १८ बढी घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । पानी खोलाबाट बस्तीसम्म पुर्याउनका लागि मुख्य लाइनमा ४० हजार लिटर क्षमताका चार वटा ट्याङ्की निर्माण भएका छन् । त्यस्तै पानी वितरणका…
