समाज

गरिब परिवारलाई कुवा

गरिब परिवारलाई कुवा

२२ चैत,तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१५ ले गरिब घरपरिवारलाई कुवा खन्न रकम उपलब्ध गराइएकोे छ । वडाको बजेटबाट गरिब परिवारका लागि १२ वटा कुवा निर्माण गर्न रु चार लाख ८० हजार वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारको सहजताका लागि कुवा बनाउन लागिएको कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरीले बताउनुभयो ।गाउँमा कुवा नहुँदा अर्काको घरबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो । यहाँको खानेपानीको स्रोत भनेको कुवा नै हो । कुवाभन्दा अर्को विकल्प नभएकाले प्रत्येक टोलमा सामूहिक कुवा निर्माण गर्न लागिएको छ ।एउटा कुवाका लागि रु ४० हजारका दरले रकम उपलब्ध गराइएको कार्यवाहक वडाध्यक्ष चौधरीले बताउनुभयो ।
Read More
नागढुङ्गामा सुरुङ खन्न रोकियो

नागढुङ्गामा सुरुङ खन्न रोकियो

२२ चैत,काठमाडौँ । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिनुुभयो । अरु काम चलेपनि सुरुङ खन्ने प्रगति कम रहेको छ । त्यहाँको भूवनोट कमजोर रहेको र काम गर्दा उपकरणमा विग्रने समस्या आइरहेको छ । आयोजनाले निर्माण कम्पनीलाई राम्रोसँग ‘सिस्टम’ ल्याउन र आवश्यक भएर उपकरणका पार्ट फेर्न भनेको छ । उहाँले भन्नुभयो, “आयोजना र कम्पनीका बीचमा कुराकानी भइरहेको छ”, निर्माण कम्पनीसँग अहिले जनशक्ति र उपकरण…
Read More
फोहरबाट आम्दानी

फोहरबाट आम्दानी

२२ चैत,बेदकोट । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोेहर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले बताउनुभयो । “फोहर सङ्कलन गरेर राख्छौँ, सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिन्छ ।” उहाँका अनुसार कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री…
Read More
डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव

डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव

२२ चैत,दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भए पनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको नगरपालिकाका इञ्जिनीयर हिमालय सिंह ऐरले जानकारी दिुनभयो । “प्रशोधन केन्द्रका लागि एडिबीबाट रु ५० करोड बजेट आएको थियो, नगरपालिकाले समयमा जग्गा उपलब्ध गराउन नसक्दा त्यो रकम फिर्ता भयो”, उहाँले भन्नुभयो, “अहिले नगरपालिका आफैले…
Read More
अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो

अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो

२२ चैत,चितवन । पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहनुभएका खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो । हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उहाँको भनाइ थियो । हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुनसक्ने खतिवडाले बताउनुभयो । उहाँका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सुँड छ इन्च काटिएको छ । बाघमारा सामुदायिक वन जाने बाटोमा तीन वटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकामा चन्चलकलीको सुँड…
Read More
दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

२२ चैत,काठमाडौँ । शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । पूर्वगोरखा सैनिकसमेत रहनुभएका उहाँ सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिनुभएको थियो । शारीरिकरूपमा अशक्त बुढामगर आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गर्नुभएको उहाँले बताउनुभयो । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएका उहाँका दुबै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उहाँ पहिलो व्यक्तिसमेत…
Read More
आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

२२ चैत,अत्तरिया । कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्नुहुन्छ । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ । गहुँ खेतीमा जिरो टिलेज प्रविधि प्रयोग गरिएकाले यसपालि रु पाँच हजार मात्र खर्च हुनाका साथै मेहनत कम र काम पनि छिटो सकिएको उहाँले बताउनुभयो । “सामान्यतया गहुँखेती गर्दा तीन पटक जोत्नुर्पछ”, कृषक चौधरीले भन्नुभयो, “तर अहिले जिरो टिलेज प्रविधिमा मेहनत कम र समय पनि बचत भएको छ ।” गहुँका बाला पनि राम्रो भएकाले विगतको भन्दा राम्रो उत्पादन हुने अनुमान गर्दै उहाँले आधुनिक प्रविधि आए पनि एक जनाले मात्र सञ्चालन गर्न…
Read More
हनुमानगढीमा हनुमान जयन्ती सुरु

हनुमानगढीमा हनुमान जयन्ती सुरु

२२ चैत,नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको सो जयन्तीमा आज साँझ भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष जितेन्द्र सिंहले जानकारी दिनुभयो । उहाँले २८ घण्टा निरन्तर होम हुने उल्लेख गर्दै काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइज, सेराबस्ती, गोण्डालगायत क्षेत्रबाट भक्तजनको सहभागिता रहने बताउनुभयो । स्थानीय प्रतिष्ठित व्यक्तिको चन्दाबाट उठेको रकमबाट करिब २० हजारलाई भण्डारा (भोजन) को व्यवस्थापन गरिएको छ । यसमा करिब रु २८…
Read More
लयमा फर्किदै घलेगाउँका घरबास

लयमा फर्किदै घलेगाउँका घरबास

२२ चैत,लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०-५० पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास सुनसान थिए । ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भन्नुभयो, “जाडोयाम बढेसँगै सुनसान जस्तै बनेको यहाँको घरबासमा यतिबेला बिस्तारै पर्यटक आउन थालेका छन् ।” दैनिकजसो ३० देखि ५० र शुक्रबार, शनिबार तथा बिदाको समयमा एक सय जनाभन्दा बढी पर्यटक आउने गरेको उहाँको भनाइ छ । वितगमा दैनिक तीन सयदेखि पाँच सय जनासम्म पर्यटक आउने गरेको र…
Read More
आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

२२ चैत,काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो । केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८-७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५० हजार एक सय बिरामीले सेवा लिएका थिए । अघिल्लो आवमा ४२ हजार ३८ बिरामीले सेवा लिएका थिए । केन्द्रका प्रमुख डा बसंवदम्बा कौडिन्यायनीले नेपालमा कोरोना सङ्क्रमणपछि आयुर्वेद उपचार लिनेको सङ्ख्या बढेको बताउनुभयो । “चालु आवमा पनि सेवा लिने विगतभन्दा दोब्बर बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो । चालु आवमा हालसम्म बनेपा सेवा…
Read More
Page 186 of 304
1 … 184 185 186 187 188 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.