समाज

मान्द्रा बुनेरै जीविकोपार्जन

मान्द्रा बुनेरै जीविकोपार्जन

२२ चैत,चौतारा । जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा । उमेरले ७० टेक्नुभएका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आउनुभएको छ । जब गाउँमा कसैकोे बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उहाँलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्mनो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आउनुभएको छ ।“डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन…
Read More
प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

२२ चैत,बेनी । म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा गरिएको छ । हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरुले यस वर्ष पनि निरन्तरता दिएका छन् । खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय वन, जङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भुमे पूजा गर्ने गरेका हुन् । बर्खा लाग्नु अघि बाढी, पहिरो, असिनालगायत प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको…
Read More
उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

२२ चैत ताप्लेजुङ । गत वर्ष आयोजना भएका औद्योगिक मेलापछि उद्योगी व्यवसायीबाट राम्रो प्रतिक्रिया पाएपछि घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले यस वर्ष पनि मेला आयोजना गरेको छ । सदरमुकाम फुङ्लिङमा औद्योगिक कृषि तथा पर्यटन मेला लागेको छ । मेलामा यस वर्ष कोशी प्रदेशका विभिन्न जिल्लाका उद्यमी एकैठाउँमा जम्मा भएका छन् । सबैले आफ्ना उत्पादन ल्याएर प्रदर्शनसहित बिक्री गरिरहेका छन् । पाँचथरको मिक्लाजुङ–१ बाट अघिल्लो वर्ष किबी, गुराँसका जुस, अचारलगायतका उत्पादन लिएर आउनुभएकी जुनु लावती यस वर्ष पनि मेलामा विभिन्न उत्पादन बोकेर आउनुभएको छ । “औद्योगिक मेला महोत्सवले हामी साना उद्योगी व्यवसायीलाई फाइदा भएको छ, पहिले यसरी मेला महोत्सव खासै…
Read More
सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

२२ चैत्र, काठमाडाैँ । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नुभएको हो । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआउनुभएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । त्यसपछि उहाँले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाउनुभयो । विसं २०६६ मा बुद्धकृष्णले…
Read More
महानगरको फोहर टेलिकमको कार्यालयमा

महानगरको फोहर टेलिकमको कार्यालयमा

२१ चैत्र, वीरगञ्ज । फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ । टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटकपटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहर थुपारेको हो । वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्र्याक्टर फोहर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ । टेलिकमले अप्टिकल फाइबार विच्छ््याउने क्रममा बाइपास सडकखण्डको करिब पाँच किलोमिटर कालोपत्र सडक र फुटपाथ…
Read More
मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक

मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक

२१ चैत्र, काठमाडाैँ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ । सडक सञ्जालले छोएपछि दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेको स्थानीयवासी बताउछन् । बहुचर्चित बेनी– जोमसोम– कोरोला सडक खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने यो तालसम्म पुग्न अहिले लगभग प्रन्ध्र मिनेट लाग्छ । एक वर्ष अगाडि तालसम्म पुग्न पैदलमार्फत जानुपर्ने बाध्यता थियो । पैदल जाँदा करिब डेढ घण्टा लाग्थ्यो । तालबाट दुई ठूला हिमाल धौलागिरि र निलगिरि देख्न सकिन्छ । ताल समुद्री सतहदेखि…
Read More
पोखराको पर्यटन व्यवसाय संकटमा

पोखराको पर्यटन व्यवसाय संकटमा

२१ चैत , पोखरा ।    पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन् । अहिले उनीहरु व्यवसाय धान्न अन्य उपाय खोजिरहेका छन् । “हामी निकै उत्साहित भएर व्यवसायमा लगानी ग¥यौँ, भ्रमण वर्ष, अन्तर्राष्ट्रिय विमानस्थललगायतलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पूर्वाधारमा लगानी ग-यौँ तर काम नसकिँदै कोरोना देखियो र पर्यटन क्षेत्र ठप्प भयो”, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण…
Read More
काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

१९ चैत,काठमाडौँ । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत वर्ष जस्तै यस वर्ष पनि बर्खा सुरु भएपछि बन्द गर्नुपर्ने अवस्था रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । वर्षाको समयमा सञ्चालनका लागि केही गर्न सकिएको छैन । केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ…
Read More
बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन

बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन

१९ चैत,बलेवा । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत विज्ञहरुको सम्मेलन सुरु गरेको छ । विषयगत क्षेत्रको विकास गर्दै स्रोतसाधनको अधिकतम परिचालन गर्ने उद्देश्यले पालिकाले विज्ञ सम्मेलन आयोजना गरेको हो । शनिबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न हुदैँछ । सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बाँदर नियन्त्रणसम्बन्धी विज्ञको सहभागिता रहेको नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो । “विज्ञको परामर्शमा काम गर्दा प्रभावकारी हुने भएकाले समृद्ध जैमिनी नगर निर्माणका लागि विज्ञको भेला गरिएको हो । सम्मेलनमार्फत हामीले विषयगत क्षेत्रमा आधारभूत तहसम्मको ज्ञान उपलब्ध गर्ने अवसर मिलेको छ”, उहाँले भन्नुभयो । पालिकाले विकासको मोडल, अहिले…
Read More
‘विराटनगरका कवि र कविता’ सार्वजनिक

‘विराटनगरका कवि र कविता’ सार्वजनिक

१८ चैत,विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित ‘विराटनगरका कवि र कविता’ कृतिको लोकार्पण गरिएको छ । साहित्यकार पोखरेलद्वारा सम्पादित कृतिमा १९५३ सालदेखि २०४९ सम्म जन्मिएका विराटनगरका एक सय ८३ कविका कविता समावेश गरिएका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार कविराज न्यौपानेले उक्त कृतिले विराटनगरको साहित्यिक इतिहासलाई अझ उजेल्न सघाउ पु¥याउने बताउनुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलका अनुसार प्रतिष्ठानले प्रकाशन गरेको यो १००औँ कृति हो । कृति विराटनगरको साहित्य अध्ययन गर्नेका लागि दस्तावेज भएको उहाँले बताउनुभयो । साहित्यकार एवम समालोचक दधिराज सुवेदीले कृति विराटनगरको साहित्यिक इतिहासमा महत्वपूर्ण अभिलेखको रुपमा रहेको उल्लेख गर्नुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव…
Read More
Page 188 of 304
1 … 186 187 188 189 190 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.