समाज

ट्र्याक्टरले किच्दा युवकको मृत्यु

ट्र्याक्टरले किच्दा युवकको मृत्यु

२२ चैत,ढोरपाटन । बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो । बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्र्याक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मुत्यु भएको खड्काले बताउनुभयो । ट्र्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३…
Read More
उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

२२ चैत,ताप्लेजुङ । गत वर्ष आयोजना भएका औद्योगिक मेलापछि उद्योगी व्यवसायीबाट राम्रो प्रतिक्रिया पाएपछि घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले यस वर्ष पनि मेला आयोजना गरेको छ । सदरमुकाम फुङ्लिङमा औद्योगिक कृषि तथा पर्यटन मेला लागेको छ । मेलामा यस वर्ष कोशी प्रदेशका विभिन्न जिल्लाका उद्यमी एकैठाउँमा जम्मा भएका छन् । सबैले आफ्ना उत्पादन ल्याएर प्रदर्शनसहित बिक्री गरिरहेका छन् । पाँचथरको मिक्लाजुङ–१ बाट अघिल्लो वर्ष किबी, गुराँसका जुस, अचारलगायतका उत्पादन लिएर आउनुभएकी जुनु लावती यस वर्ष पनि मेलामा विभिन्न उत्पादन बोकेर आउनुभएको छ । “औद्योगिक मेला महोत्सवले हामी साना उद्योगी व्यवसायीलाई फाइदा भएको छ, पहिले यसरी मेला महोत्सव खासै हुँदैनथे,…
Read More
सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

२२ चैत,भादगाउँ । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नुभएको हो । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआउनुभएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । त्यसपछि उहाँले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाउनुभयो । विसं २०६६ मा बुद्धकृष्णले जिब्रो…
Read More
सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने

सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने

२२ चैत,गोलबजार । सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको छ । किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका विद्युत् महसुल भुक्तानी गर्ने धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशङ्कर महतोले जानकारी दिनुभयो । नगरपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने भएपछि यहाँका कृषक खुसी भएका छन् । धनगढी–१ का किसान बेचनीकुमारी यादव उत्पादनको मूल्य नपाएको तथा मल र बीउ समयमै प्राप्त गर्न नसकेको नगरपालिकाले महसुल तिर्ने कार्यक्रमबाट राहत मिलेको बताउनुभयो । “सिँचाइ गर्न…
Read More
चैते धानखेती घट्दै

चैते धानखेती घट्दै

२२ चैत,गण्डकी । गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८-७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए । चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिरावट आएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार आव २०७८-७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेकामा चालु आवमा उत्पादन घटेर २७ हजार चार सय ३७ मेट्रिक टन पुगेको छ । वर्ष दिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको…
Read More
विद्यार्थी खोज्न घरदैलो अभियान

विद्यार्थी खोज्न घरदैलो अभियान

२२ चैत,दोधारा चाँदनी । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् । विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न अभिभावकको घरदैलोमा पुग्ने गरेका छन् । भृकुटी माध्यमिक विद्यालयकी शिक्षिका विमला भट्टले विद्यार्थीलाई आफ्नो विद्यालयमा भर्ना गराउन शिक्षिक–शिक्षिका अभिभावको घरदैलोमा पुग्ने गरेको बताउनुभयो । “हामीले यसपटक नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोला उपलब्ध गराउँदैछाँै”, उहाँले भन्नुभयो, “अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका…
Read More
कास्कीमा पशु चौपायामा खोप प्रभावकारी

कास्कीमा पशु चौपायामा खोप प्रभावकारी

२२ चैत,गण्डकी । कास्की जिल्लामा पशु चौपायामा लागू गरिएको खोप कार्यक्रम प्रभावकारी बनेको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६-७७ देखि पूर्णखोप लगाउने व्यवस्था गरेकामा हालसम्म विभिन्न क्षेत्रमा गरी दुई लाख १८ हजार सात सय खोप लगाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा शम्भुराज पाण्डेका अनुसार गत वर्ष मात्र गाई, भैँसी र बङ्गुरमा मात्र ९४ हजार चार सय एक खोप लगाइएको छ । गाई–भैँसीमा नै हुने भ्यागुुते र चरचरेविरुद्ध २६ हजार तीन सय ७१ खोप लगाइएको छ भने बङ्गुरका स्वाइनफिबरका लागि करिब १५ हजार खोप…
Read More
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

२२ चैत,रामपुर (पाल्पा) । महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ । नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन् । हातमा सीप भयो भने महिला अरुको भरमा निर्भर रहनु पर्दैन । घरमै बसी–बसी आयआर्जन गर्न सकिन्छ । बिहान–साँझ घरायसी कामकाजमा व्यस्त रहने महिला दिउँसो फुर्सदको समय आयआर्जनमा खर्चेर सामान्य घरखर्च चलाउन सकिन्छ भन्ने उदाहरणीय कार्यमा सीता घर्ती, राधा खण्डलुक, निशा खड्का, पूजा जिसी, केशमाया राउत, सरिता खड्कालगायत लागिरहनुभएको छ । रामपुर नगरपालिका–२ स्थित…
Read More
नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र

२२ चैत,नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिनुभयो । “हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी काम अगाडि बढाएका छौँ ।” अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर सडक कालोपत्रको तयारी छ…
Read More
सफल बन्दै सडक मानवमुक्त अभियान

सफल बन्दै सडक मानवमुक्त अभियान

२२ चैत,गलकोट । बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवमुक्त अभियान प्रभावकारी बन्दै गएको छ । छ वर्ष पहिला सडक मानवमुक्त अभियानका निम्ति खोलिएको मानव सेवा आश्रम बागलुङ शाखाको सक्रियताका कारण सडक मानवमुक्त अभियान सफल हुँदै गएको छ । अहिले कालिका मन्दिर परिसरमा मागेर खाने देख्न पाइँदैनन । उनीहरूको उपचारका साथै आश्रय दिएपछि कालिका मन्दिर परिसरमा उनीहरु कमै आउन थालेका हुन् । बागलुङका विभिन्न चोक तथा गल्लीमा पनि मागेर खानेको सङ्ख्या क्रमशः घट्दै गएको छ । आश्रमले धवलागिरिको म्याग्दी, पर्वत र बागलुङलाई सडक मानवमुक्त अभियान बनाउने लक्ष्यका साथ सडक तथा बेसहाराको उद्धार, उपचार, हेरचाह तथा पुनःमिलन गराउँदै आएको छ । बेसहाराको…
Read More
Page 187 of 304
1 … 185 186 187 188 189 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.