समाज

लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

२६ चैत,मनाङ । मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ । याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वकै दशौँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गको यात्रा ब पर्यटकको प्रमुख गन्तव्यका रूपमा मानिन्छ । दुई वर्षको कोभिड सङ्क्रमणको जाखिम र बाढी पहिराका कारण ठप्पजस्तै रहेको पर्यटक आगमन यस याममा पर्यटक उल्लेख्यरूपमा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ । कार्यालयका अनुसार यस जिल्लामा कोभिडपछिकै धेरै सङ्ख्यामा बाह्य पर्यटक मनाङ भित्रिएका हुन् । जिल्लामा दैनिकरूपमा दुईदेखि तीन सयसम्म पर्यटक मनाङ भित्रिने…
Read More
गाईभैँसीमा ‘लम्पि स्किन’ समस्या

गाईभैँसीमा ‘लम्पि स्किन’ समस्या

२६ चैत,फिक्कल । गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गर्नुभयो । ‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको सूर्योदयका पशु शाखा प्रमुख विपिनकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार किर्ना, भुसाना, झिङ्गा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै छ । उहाँले भन्नुभयो, “रोगविरुद्धको…
Read More
विभिन्न देशका राष्ट्रगान गाइरहँदा …

विभिन्न देशका राष्ट्रगान गाइरहँदा …

२६ चैत,गण्डकी । चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिनुहुन्छ, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उहाँको दैनिकीजस्तै बनेको छ । पर्यटकीय याम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ । गायक नेपालीले यही मौका छोपेर देशी–विदेशीसामु आफ्नो कला–प्रतिभा पस्किरहनुभएको छ । बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल किनारमा पुगेर राष्ट्रगान सुनाउने गरेको उहाँ बताउनुहुन्छ । सधैँझैँ शुक्रबार पनि हल्लनचोक नजिकैको पैदलमार्गमा उहाँ पुग्नुभयो । छेवैमा राष्ट्रिय झन्डा फहराइरहेको थियो । यन्त्र र ध्वनिको प्रबन्ध मिलाएपछि नेपाली राष्ट्रगानको धुन बज्यो । उहाँले राष्ट्रगान गाउनुभयो । नेपालको राष्ट्रगानबाट सुरु भयो, उहाँको प्रस्तुतिको सिलसिला…
Read More
ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

२६ चैत,उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्रगतिमा आइरहेको मे१ख २१८४ नंको ट्रकले ठकर दिएको थियो । ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठकर दिएको प्रत्यक्षर्शीले बताएका छन् । ट्रक चालक झापा जिल्ला कन्काई सुरुङ्गा नगरपालिका–६ का ३८ वर्षीय भूपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राजवंंशीलाई नियन्त्रणमा लिएको सो…
Read More
पोखरास्थित रत्न मन्दिर खुला गर्ने तयारी

पोखरास्थित रत्न मन्दिर खुला गर्ने तयारी

२६ चैत,कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गर्नुभएको छ । उहाँले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिनुभयो । सो अवसरमा उहाँले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिनुभयो । नयाँ वर्षसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला गर्न काम अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै कुरा किनारा लगाउँदै गएका छौँ । ठूला योजना विस्तार गर्दै लैजाऔँला, हालका लागि यहाँ भएकाहरूलाई अलि सुन्दर बनाएर दरबार खोल्नुपर्दछ भनेर भनेका छौँ ।” मन्त्री किरातीले नेपाल ट्रष्ट यसअघि रक्षा र गृह मन्त्रालय…
Read More
पोखरामा सडक कविता वाचन

पोखरामा सडक कविता वाचन

२६ चैत,गण्डकी । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिनुभयो । विकृति, विसङ्गतिप्रति सम्बन्धित निकायको चासो नपुगेको जनाउँदै उहाँले कार्यक्रममार्फत जनआवाजलाई सुनाउने अपेक्षा गरिएको बताउनुभयो । संस्थाका उपाध्यक्ष प्रा डा यामबहादुर पौडेल क्षेत्रीले साङ्केतिकरूपमा मञ्चका कुर्ची पात्रविहीन बनाएर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । संंस्थाले गण्डकी प्रदेशभित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित आमन्त्रण गरेको थियो । यी रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी…
Read More
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन

भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन

२६ चैत,बैतडी । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीको अध्यक्ष धर्मसिंह ऐर ९कपिल०ले स्थानीय तहलाई तथ्याङ्क सङ्कलन गरिदिन आग्रह गर्दा पनि चासो नदिएको बताउनुभयो । उहाँका अनुसार दश स्थानीय तहमध्ये हालसम्म पाँच पालिकाले मात्रै तथ्याङ्क सङ्कलन गरेका छन् । तथ्याङ्क सङ्कलन गर्नेमा पञ्चेश्वर, शिवनाथ र सुर्नया गाउँपालिका तथा पाटन र पुर्चौडी नगरपालिका मात्रै छन् । उहाँले भन्नुभयो, “सबै स्थानीय तहहरूलाई पत्रचार गरेको भए पनि तथ्याङ्क सङ्कलनको काम ढिलाइ भएको छ, यसले गर्दा भूमिहीन दलित, भूमिहीन…
Read More
यातायात मजदुरलाई मासिक प्रशिक्षण

यातायात मजदुरलाई मासिक प्रशिक्षण

२६ चैत,सिन्धुपाल्चोक । सङ्घीय राजधानीपूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनी प्रालिले दुर्घटना न्यूनीकरण गर्न नियमितरूपमा यातायात मजदुरलाई प्रशिक्षण दिन सुरु गरेको छ । चालकहरूको लापरवाहीले दैनिकरूपमा सडक दुर्घटना हुन थालेपछि पूर्व अरनिको यातायात कम्पनीमाफर्त कार्यरत चालक, सहचालक तथा परिचरका लागि मासिकरूपमा अभिमुखीकरण तालिम सञ्चालन गरेको हो । यातायातले प्रत्येक महिनाको २३ गते मजदुरलाई ट्राफिक नियम, यात्रुसँग गरिने व्यवहार, यातायातसम्बन्धी नियम, कानुनलगायतका विषयमा प्रशिक्षण दिन सुरु गरेको पूर्व अरनिको यातायात कम्पनीका अध्यक्ष केदार खत्री क्षेत्रीले जानकारी दिनुभयो । प्रशिक्षणमा न्यूनतम एक सय बढी मजदुर तालिममा सहभागी हुने गरेको र अहिले दुर्घटनामा समेत कमी हुँदै गएको…
Read More
स्वास्थ्य र शिक्षामा छुट

स्वास्थ्य र शिक्षामा छुट

२६ चैत,तुलसीपुर । दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् । सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले तुलसीपुरका केही विद्यालयले छुट दिन लागेका जानकारी दिनुभयो ।तुलसीपुस्थित डिभाइन टेम्पल एकेडेमी, ज्ञान ज्योति फाउन्डेसन, सगरमाथा बालबाटिका इङ्लिस स्कुल, आदर्श एकेडेमी, पिएण्डपी पाठशाला, राप्ती पब्लिक इङ्लिस बोर्डिङ स्कुल, त्रिमूर्ति हिमचुली इङ्लिस बोर्डिङ स्कुललगायतले मजदुरका छोराछोरीलाई पठनपाठनमा १५ देखि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेका जनाइएको छ । मजदुरी गरेर छोराछोरी पढाउनेहरूको अवस्था निकै नाजुक हुने भएकाले उनीहरूको हरेक शुल्कमा छुट दिनका लागि…
Read More
होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल

होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल

२६ चैत,गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी चुनिनुभएको छ । सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षेत्री, निलेश राजभण्डारी, जीवनकुमार पुनमगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा बराल, निधिप्रसाद तिमिल्सिना, मोतीकृष्ण उपाध्याय, यमलाल सापकोटा, विदुर ढुङ्गाना, तिलकप्रसाद तिवारी र प्रेमप्रसाद न्यौपाने रहनुभएको छ…
Read More
Page 177 of 304
1 … 175 176 177 178 179 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.