किसानलाई बाली जोगाउने चिन्ता
२६ चैत,बलेवा । मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बागलुङ बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका छन् । गाउँपालिकाबाट बीउ पाएपछि किसान सुरेन्द्र केसीले भन्नुभयो, “यो क्षेत्रमा बाँदरले निकै दुःख दिन्छ । सिँचाइ समस्याका लागि अहिले वडाले काम गरिरहेको छ । त्यसले केही सहज होला तर बाँदर नियन्त्रणमा काम गर्दिनुप¥यो ।” पहिलेभन्दा यो पटक बाँदरको सङ्ख्या बढेको भन्दै केसीले खेतबारीमा मात्र नभई घरमा बाँदरले दुःख दिने गरेको बताउनुभयो । उहाँले बाँदरका कारण घरका खाद्यान्न जोगाउन मुस्किल भएको बताउनुभयो । मकै रोप्ने बेला बीउका लागि भौँतारिने…
