समाज

बिस्केट जात्रा : आज बिहान रथलाई गःहिटी पुर्‍याइयो

बिस्केट जात्रा : आज बिहान रथलाई गःहिटी पुर्‍याइयो

२८ चैत,भक्तपुर । बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यसवर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालमा यसको फोटो तथा भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेटाउन खोज्नेलाई कारबाहीको माग गरे । हिजोदेखि सुरु भएको किस्केट(बिस्काः) जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि करिब १ बजेतिर ढुङ्गा हानाहान भएको थियो । बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भए । भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित…
Read More
पुख्र्यौली नाच पुस्तान्तरण अभियानमा मगर समुदाय

पुख्र्यौली नाच पुस्तान्तरण अभियानमा मगर समुदाय

२८ चैत,गलेश्वर । पुख्र्यौली सांस्कृतिक सम्पत्तिको संरक्षणमा म्याग्दीका मगरसमुदायका युवायुवतीले रुचि देखाउन थालेपछि पाका पुस्ता खुसी हुन थालेका छन् । आर्थिक सम्पत्तिलाई मात्र महत्व दिने अहिलेको पुस्ताकाबीच म्याग्दीका मगरसमुदायका युवायुवतीले पुख्र्यौली सांस्कृतिक सम्पत्ति महत्वसाथ संरक्षणमा तत्पर भएपछि यहाँ पुख्र्यौली सीपको पुस्तान्तरण अभियान सुरु भएको छ । अठारौँ शताब्दीको मध्यतिर मगर र छन्त्याल समुदायले तामा, फलाम र सिसा खानी भएका ठाउँ नजिक बस्ती बसालेर खेतीपाती गर्न थालेपछि मगर र छन्त्याल संस्कृतिको सुरुवात भएको हो । यो समुदायका महिला पुरुष दिनभर शारीरिक श्रम गरेर साँझ परेपछि रोधी बस्ने, गीत गाउने, नाच्ने र रमाइलो गर्ने चलन नै पुख्र्यौली चलनका रुपमा स्थापित भयो ।…
Read More
चार वर्षपछि खुल्यो ताला

चार वर्षपछि खुल्यो ताला

२८ चैत,बझाङ । खप्तडछान्ना गाउँपालिका – ६ बयानामा विवादका कारण चार वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । तत्कालीन पाटादेवल गाविसबाट रु दुई लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा निर्माण गरिएको उक्त सेन्टर उद्घाटन नहँुदै विवादका कारण बन्द भएको थियो । गाउँमा छलफल नै नगरेर जानकारी बिना नियम विपरीत बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कात्तिक महिनामासो सेन्टरमा तालाबन्दी गरिएको थियो । सञ्चालनको तयारीमा रहेको सेन्टरमा तालाबन्दी गरेपछि भौतिक तथा स्वास्थ्य सामग्री प्रयोगविहीन बन्नुका साथै सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए । सेन्टर निर्माण भएपछि दुई दिन मात्रै सञ्चालनमा…
Read More
क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

२८ चैत,खजुरा । बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ । तीन सय ५० जनाको क्षमताको नेपालगन्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन् । महिला थुनुवालाई बर्दिया जिल्ला कारागारमा स्थानान्तरण गरी दुईवटै ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ । बाँके कारागारको ब्लक ‘ए’मा छ सय १७ र ब्लक ‘बी’ मा दुई सय ३२ कैदीबन्दी राखिएको जेलर अर्जुनजङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार ब्लक ए दुई सय ५० क्षमताको हो भने ब्लक बी एक सय क्षमताको हो । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा थुनुवाहरु खचाखच स्थितिमा बस्न बाध्य छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले खानेपानी, शौचालयलगायतको समस्या…
Read More
सेवा चुस्तदुरुस्त गर्न प्राधिकरणको निर्देशन

सेवा चुस्तदुरुस्त गर्न प्राधिकरणको निर्देशन

२८ चैत,काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ । स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको हो । अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवाको अनुमति बहाल रहँदासम्म सेवाग्राहीले बिनाकुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी सेवा चुस्तदुरुस्तरूपमा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ । सेवा अतिआवश्यकरूपमा वर्गीकरण गरिएकाले अनुमति बहाल रहँदासम्म नियम–कानुनको पालना गर्दै निरन्तर सञ्चालन गर्नुपर्ने दायित्व रहने प्राधिकरणले जनाएको छ ।
Read More
‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै

‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै

२८ चैत,बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको झुलाघाटमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन् । सुदूरपश्चिममा नयाँ वर्षलाई ‘बिसु’ पर्र्वका रूपमा समेत मनाइने भएकाले काम गर्नका लागि भारत पसेका फर्किने गर्दछन् । सुदूरकै पुरानो पहाडीनाका झुलाघाट भएर बैतडी, बझाङ, बाजुरा, अछामलगायतका जिल्लाका स्थानीय बिसु मनाउन घर फर्कने गरेका छन् । सीमानाका झुलाघाटबाट नेपाल फर्किनेको घुइँचो लागेको सीमा प्रहरीचौकी झुलाघाटका इञ्चार्ज योगेशकुमार पालले जानकारी दिनुभयो । हाल दैनिक दुई सय बढी नागरिक भारतबाट नेपालतर्फ आउने गरेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । घर फर्किनेको…
Read More
म्याग्दीमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण

म्याग्दीमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण

२८ चैत,बेनी । म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न सुरु गरेका हुन् । महासङ्घमा आबद्ध २८ व्यवसायीले सामूहिकरूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयलाई सहजरूपमा पाठ्यपुस्तक उपलब्ध गराउन बिक्री केन्द्र स्थापना एकद्धारमार्फत बिक्री वितरण गर्न थालिएको महासङ्घका जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष पुस्तक बिक्री भएको तथ्याङ्कका आधारमा आगामी शैक्षिकसत्रका लागि म्याग्दीमा कक्षा १ देखि १० सम्मका लागि १४ हजार छ सय ७० विद्यार्थीलाई लक्षित गरेर पुस्तक…
Read More
रोल्पाका कृषकले भुक्तानी पाउन बाँकी

रोल्पाका कृषकले भुक्तानी पाउन बाँकी

२८ चैत,रोल्पा । रोल्पाका कृषक आन्दोलित भएका छन् । कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका हुन् । आर्थिक वर्ष २०७८-७९ मा सम्झौता भई काम सम्पन्न भए पनि रकम अझैसम्म भुक्तानी नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रबाट अघिल्लो आवमा रु तीन करोड २५ लाख ५९ हजार कृषकलाई भुक्तानी दिन बाँकी थियो । लुम्बिनी प्रदेश सरकारले भुक्तानी दिए पनि सङ्घीय सरकारले रु एक करोड ५७ लाख नौ हजार दिन बाँकी रहेको कृषक बताउँछन् । “चालु आव सकिन लाग्दासमेत अघिल्लो वर्षको रकम भुक्तानी पाएका छैनौँ”, आन्दोलनरत कृषक त्रिपनी वैजाली मगरले बताउनुभयो । कृषकले…
Read More
जिप दुर्घटनामा एकजनाको मृत्यु

जिप दुर्घटनामा एकजनाको मृत्यु

२८ चैत,पर्वत । पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिनुभयो । दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
Read More
बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा

बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा

२८ चैत,महोत्तरी । वन्यजन्तुले बाली सखाप पारिरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बल्ल राहत पाउनुभएको छ । बँदेल, हरिण र नीलगाईले बाली नोक्सान गरेर धुरुक्क रुवाएका बेला उहाँलाई खेतबारीका कुना–कुनामा बिजुली बालेर ठाउँ–ठाउँमा ‘धुआ’ (बुख्याचा, झिलुङ्गो) ठड्याइएपछि राहत मिलेको छ । “यसपालि बँदेल, हरिण र नीलगाईले तरकारी सखाप पारे”, उहाँले भन्नुभयो, “खेतबारीका सुरसुरमा बिजुली बालेर धुआ ठड्याएपछि राहत मिलेको छ ।” यादवले जस्तै सो बस्तीका अन्य किसानले पनि यो तरिका अपनाएपछि वन्यजन्तुको बिग्याइँ कम भएको छ । “आँखा झिमिक्क गर्न पाइन्नथ्यो, अहिले अलि राहत भएको छ”, स्थानीय बहुरा महतो भन्नुहुन्छ । मकै, गहुँ, उखु र तरकारी बाली लगाएका…
Read More
Page 173 of 304
1 … 171 172 173 174 175 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.