कुतियाकवरमा जहिल्यै बाढीको त्रास
२९ चैत,दोधारा चाँदनी । तीनतिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुडापारीको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्छ । “बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुन्छ”, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भन्नुभयो, “सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ ।” उहाँले बर्खा सुरुभएसँगै फेरि बाढीको चिन्ता हुन थालेको बताउनुभयो । “गतवर्ष बाढीले बेसार र तरकारीखेती पुरियो”, सुनारले भन्नुभयो, “बाढीकै कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गए ।” यहाँ ४९ परिवारको बसोबास छ । अधिकांश युवा रोजगारीलाई भारत पसे । गाउँमा भएका तरकारी उत्पादन…
