पौवादुङमाका किसानलाई कृषि सामग्री वितरण
३० चैत,भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले तीन सय बढी किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यले ‘कृषकलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी उक्त सामाग्री वितरण गरिएको हो । गाउँपालिकाले कृषकसँग आवेदन माग गरी आवेदनका आधारमा सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा रू एक लाख ४८ हजार बराबरको २६ थान प्लाष्टिक टनेल, रू दुई लाख ६० हजार बराबरको ६० थान इलेक्ट्रिक स्पेरियर र रू १० लाख बराबरको दुई सय ५० थान मल्चिङ प्लाष्टिक वितरण गरेको कृषि शाखा प्रमुख सुदीप मरासैनीले जानकारी दिनुभयो । गाउँपालिकाले कृषकलाई विभिन्न समयमा बीउबिजन, विषादीलगायत…
