समाज

खानेपानीका मूल जोगाउन ताल संरक्षण

खानेपानीका मूल जोगाउन ताल संरक्षण

३० चैत,गलकोट । पछिल्लो समय जथाभावी सडक निर्माण गर्दा मूल सुक्दै जान थालेका छन् । बर, पिपल चौतारी र पोखरी क्रमशः मासिँदै जाँदा मूलसमेतमा प्रत्यक्ष असर पर्न थालेपछि बागलुङको काठेखोला गउँपालिकाले वस्तीमाथिको ताल संरक्षण गर्न थालेको छ । उक्त गाउँपालिका–४ स्थित तङ्ग्रामको शिरमा रहेको खोरताल संरक्षण गर्न थालिएको हो । पछिल्लो समय उक्त ताल सुक्दै गएपछि ताल मुनिका मुहानसमेतमा असर पर्न थालेकाले संरक्षण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । ताल संरक्षणसँगै तालमुनिका मूल सिञ्चित हुने र तालको रमणीय दृश्यका लागि आन्तरिक पर्यटकसमेत भित्र्याउने लक्ष्यका साथ अहिले ताल संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रवक्ता टीकासङ्घम विकले जानकारी दिनुभयो । पौराणिक ताल पछिल्लो…
Read More
सडकका ८५ प्रतिशत बालक यौन हिंसामा

सडकका ८५ प्रतिशत बालक यौन हिंसामा

३० चैत,काठमाडौँ । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न वहानामा यौनहिंसा हुने गरेको पाइएको जानकारी दिइयो । नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७/७८ मा ९० जना बालक यौनहिंसामा परेका गरेका छन् । भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरै जसो बालक यौनहिंसामा पर्ने गरेको बताउनुभयो । बालकलाई फकाई फुलाई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागि गराउने गरेको उहाँको भनाइ…
Read More
महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

३० चैत,दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो । त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन । आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । उक्त क्षेत्रमा २२ शाखा नहर निमार्णधीन अवस्थामा छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताउनुभयो । “हामीले पानी सञ्चालनका…
Read More
पोखराको पर्यटकीय सम्भावना अध्ययन गरिँदै

पोखराको पर्यटकीय सम्भावना अध्ययन गरिँदै

३० चैत,पोखरा । पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि बुधबार पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारी पत्रमा हस्ताक्षर भएको महानगरका वरिष्ठ प्रशासकीय अधिकृत किरणप्रसाद कोइरालाले जानकारी दिनुभयो । समझदारीपत्रमा महानगर प्रमुख धनराज आचार्य, कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ । जसमा पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका गतिविधि संयुक्त रूपमा अध्ययन गरिनेछ । स्थानीय तह अन्तर्गत रही आफ्नो अधिकार क्षेत्रभित्रको विषयगत कानुन बनाउने, बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने,…
Read More
शालिग्राम बचाउन महोत्सव

शालिग्राम बचाउन महोत्सव

३० चैत,बलेवा । कालीगण्डकी नदी दोहनका कारण कुरुप बनेपछि यहाँ पाइने शालिग्राम शिला बचाउने अभियान चलाइने भएको छ । शालिग्राम बचाउने अभियानमा आम नागरिकलाई जोड्न लक्ष्यले शालिग्राम महोत्सवको तयारी गरिएको हो । बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको रङ्गवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम सङ्ग्रहालय व्यवस्थापन समितिलगायत अन्य धार्मिक संस्थाको अगुवाइमा आगामी वैशाख ११ देखि १५ गतेसम्म महोत्सव हुने भएको हो । महोत्सवमा कालीगण्डकी नदी र शालिग्रामको महत्व दर्शाउन विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ । नदी सभ्यता र शालिग्रामको संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालिग्रामको महिमाबारे प्रचारप्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउन मेला गर्न लागिएको ऋषि प्रपन्नाचार्यले बताउनुभयो…
Read More
वर्ष २०७९ : पर्यटन सुधारको वर्ष

वर्ष २०७९ : पर्यटन सुधारको वर्ष

३० चैत,काठमाडौँ । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन्…
Read More
डढेलोका कारण वायु प्रदूषण बढ्दो

डढेलोका कारण वायु प्रदूषण बढ्दो

३० चैत,काठमाडौँ । पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडाँै उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन । विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बारा, पर्सा, चितवनलगायत देशभरका एक सय ४० स्थानमा लागेको डढेलोका कारण काठमाडाँै उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ । प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको छ । विज्ञप्तिमा वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई…
Read More
विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

३० चैत,काठमाडौँ । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो । नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गर्नुभयो । स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्नपाउँदा ज्यादै खुशी लागेको बताउनुभयो । “पाहुना भनेको भगवान हुन्, हामी भगवान्को रुपमा सँधै विदेशी पाहुनाको स्वागत गर्दछौँ,”…
Read More
उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन

उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन

३० चैत,नवलपरासी । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई आगामी वैशाख ३० गतेभित्र अनिवार्य स्वअनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको हो । उद्योगले अर्धवार्षिक स्वअनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा नगरेको पाइएकोले सूचना जारी गरिएकोे प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताउनुभयो । प्रत्येक नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकलाई प्रभावकारी बनाउन उक्त गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ जारी गरेको र सोही कार्यविधिमा उद्योग तथा आयोजनाले अर्धवार्षिक स्वअनुगमन प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान रहेको उहाँको भनाइ थियोे ।…
Read More
जीप दुर्घटनाका मृतकको शव परीक्षण हुनसकेन

जीप दुर्घटनाका मृतकको शव परीक्षण हुनसकेन

३० चैत,बैतडी । बैतडीमा मङ्गलबार राति भएको जीप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन् । क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन् । शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पु¥याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन् । गाडी धनीबाट क्षतिपूर्तिको लिखित सहमति हुनुपर्ने माग गर्दै पीडित पक्षले शव परीक्षण गर्न नमानेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । गाडी साहू बझाङको केदारस्युँका मिलन बोहरा सम्पर्कमा आए पनि सहमति भने गरेका छैनन् । मिलनले आफ्ना दाई पदमलाई सहमतिका…
Read More
Page 168 of 304
1 … 166 167 168 169 170 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.