समाज

बाँझो जमिनमा फलफूल खेती

बाँझो जमिनमा फलफूल खेती

२८ चैत,ढोरपाटन । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ । बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ । गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न सुरु गरेको हो । चालु आर्थिक वर्षमा वडा नं ४ मा एक हजार पाँच सय फलफूलका बिरुवा लगाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी…
Read More
भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार

भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार

२८ चैत,भक्तपुर । प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म रु दुई करोड ५० लाख बराबरको कारोबार भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा यही चैत २३ गतेदेखि सुरु भएको उक्त महोत्सवमा दैनिक रु ५० लाखभन्दा बढीको कारोबार भइरहेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, सवारीसाधन, खेलौनालगायतका दुई सय कक्ष छन् । महोत्सवको करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । आगामी वैशाख ३…
Read More
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

२८ चैत,दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने क्रममा यहाँका लोककथा सङ्कलन गरेर प्रकाशन गर्न लागेको बताउनुभयो । “यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्य अघि बढाउने योजना छ”, उहाँले भन्नुभयो, “लोककथा सङ्कलनसँगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाडि बढाएको छ ।” सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले प्रदेशका नौवटै जिल्लाका लोककथा प्रकाशन गर्न लागेको बताउनुभयो । “सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा…
Read More
शिक्षकलाई एक वर्ष तीन महिना कैद सजाय

शिक्षकलाई एक वर्ष तीन महिना कैद सजाय

२७ चैत,काभ्रेपलाञ्चोक । छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाकाे फैसला गरेको छ । प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद, रु १५ हजार जरिवाना गर्नुका साथै रु चार सय पीडित राहतकोषमा जम्मा गर्न भनेको छ । त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही रु १० हजारका दरले क्षतिपूर्ति भराउने फैसला गरेको हो । अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको थियो । यसअघि धरौटीमा रिहा गरिएका विष्ट हाल फरार…
Read More
उपत्यकाका ट्राफिक बत्तीको मर्मत सुरु

उपत्यकाका ट्राफिक बत्तीको मर्मत सुरु

२४ चैत,काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो । उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिकबत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ । “ट्राफिक बत्तीको सञ्चालन र नियन्त्रण ट्राफिक प्रहरीले गर्ने हुँदा उहाँहरुसँग समन्यमा मर्मत भइरहेको छ”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षमा थप स्थानमा बत्ती जडानको योजना नरहेको र पहिले जडान भइसकेको बत्तीलाई नै मर्मत गरेर सञ्चालन गर्ने लक्ष्य…
Read More
विद्युत् महसुल नबुझाउँदा ‘हाई माक्स लाईट’ बल्न छाडे

विद्युत् महसुल नबुझाउँदा ‘हाई माक्स लाईट’ बल्न छाडे

२७ चैत,जानकी । बाँकेको जानकी गाउँपालिका–६ को गनापुरस्थित नेपालगञ्ज–कोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन् । विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने ‘हाई माक्स लाईट’ दिउँसो मात्रै देखिन थालेको दुई महिना नाघिसकेकोे छ । दिउँसो टाढैबाट देखिने ‘हाई माक्स लाईट’मा राति कुन गाडीले ठोकिदिने हो भन्न चिन्ता स्थानीयवासीमा छ । आठवटा बत्ती भएको लाईट दिउँसो हेर्नलाई मात्र जडान गरिए जस्तो भएको छ । विगत डेढ वर्षदेखि केही लाईट बल्ने र केही नबल्ने अवस्थामा रहेकामा दुई महिनादेखि सबै बत्ती बल्न छाडेको छ । स्थानीयवासी देवीराम यादवले भन्नुभयो,“सुरुसुरुमा त राम्रै बल्थ्यो तर पछिपछि विस्तारै एउटा एउटा गर्दै बत्ती निभ्न थाल्यो र अहिले…
Read More
किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या

किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या

२७ चैत,कञ्चनपुर । खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका हुन् । डिजेल प्रतिलिटरमा रु १० घटे पनि किसानले पुरानै मूल्यमा गहुँ थ्रेसिङ गरेबापतको रकम तिर्नुपरेको छ । ट्र्याक्टर व्यवसायीले डिजेलको मूल्य र मजदुर ज्याला बढेका कारण देखाउँदै चर्को रकम लिन थालेको किसानको गुनासो छ । गहुँ थ्रेसिङ गरेबापत ट्र्याक्टर व्यवसायीले प्रतिघण्टा रु तीन हजारदेखि रु तीन हजार तीन सयसम्म रकम लिन थालेका छन् । उता स्थानीय तहले भने ट्र्याक्टर व्यवसायीले लिन थालेको मूल्य नियमन गर्न दर रेट निर्धारण गरेका छन्…
Read More
म्याग्दीमा चैतमै निख्रियो लालीगुराँस

म्याग्दीमा चैतमै निख्रियो लालीगुराँस

२७ चैत,गलेश्वर । समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा ।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिबेला । यो वर्ष चैतको अन्तिम साताको आइतबार बेलढुङ्गा पुग्दा राताम्यै लालीगुराँस होइन ओइलिएर झर्न लागेका फूल र हरिया पातमात्र देखे त्यहाँ पुगेका आन्तरिक पर्यटकले । लालीगुराँस फुल्ने समय वसन्त ऋतु अर्थात् चैत–वैशाख हो लालीगुराँस फुलेर राताम्यै देखिनुपर्ने यहाँका वन जङ्लमा यतिबेला लालीगुराँस कमै मात्र देख्न पाइन्छ । चैत वैशाखमा फुल्ने लालीगुराँस पुस अन्तिम सातादेखि नै फुलेपछि फुल्नुपर्ने समयमा ओइलिएर झरेका छन् । त्यस्तै…
Read More
जङ्गलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

जङ्गलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

२७ चैत,तनहुँ । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई कक्षा ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो । छोरी उत्तीर्ण भएपछि आमा इन्द्रमाया कुसुन्डाकी आमामा खुसी हुनुभएको छ । सिमान्त उहाँकि मात्र एक सन्तान हुन् । वार्षिक नतिजा प्रकाशन गर्दै विद्यालयले सिमान्तलाई हौसला प्रदान गर्न पुरस्कृत गरेको हो । विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीले संयुक्त पुरस्कृत गरेका हुन् । राजामा कुसुन्डाको २०७५ वैशाख ५ गते निधन भएपछि उहाँको श्रीमती इन्द्रमाया कुसुन्डाले…
Read More
एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

२७ चैत,बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर पुलिसबाट सेवानिवृत रघुगङ्गा गाउँपालिका–३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाडौँ बसोबास गर्दै आउनुभएका कमल शाहीले यस वर्षको एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो । पिप्लेमा रहेको रघुगङ्गा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि र भगवतीमा रहेको मुक्तिधाम माविबाट यस वर्षको एसइईमा सहभागी विद्यार्थीमध्ये ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई जनही रु १० हजार र ‘ए’ ग्रेड ल्याउन सफल हुने विद्यार्थीलाई जनही रु पाँच हजार नगद पुरस्कार…
Read More
Page 174 of 304
1 … 172 173 174 175 176 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.