समाज

किसानका लागि सामाजिक उद्यमशीलता अभियान

किसानका लागि सामाजिक उद्यमशीलता अभियान

२६ चैत,धनकुटा । किसानले उत्पादन गरेको कृषि उपज तथा तरकारी बजार सुनिश्चित गर्न धनकुटामा सामाजिक उद्यमशिलता अभियान सुरु गरिएको छ । लङ्खाली कृषि परामर्श तथा तालिम केन्द्रले हिलेस्थित व्यापारिक केन्द्रमा किसान र कृषिमा आधारित उद्यमी(ब्यपारी)बीच सहकार्यका लागि प्रारम्भिक छलफल गराएको छ । यो अभियानले जिल्लामा उत्पादित कृषि उपजका मूल्यलाई बिचौलिया र भारतीय बजारको कब्जाबाट विस्तारै मुक्त गराउन केन्द्रित रहेको अभियान्ताहरुले बताएका छन् । कार्यक्रममा भोजपुर र धनकुटाका किसान प्रतिनिधि तथा मोरङका उद्यमी व्यपारीबीच किसानले उत्पादन गरेका वस्तु उचित मूल्यसहित बजारमा कसरी खपत गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । जिल्लामा व्यावसायिकरूपमा उत्पादित तरकारी नेपालमा मात्र खपत हुन नसकी भारत लैजाने…
Read More
हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी

हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी

२६ चैत,बागमती । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ । लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ । केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने पाँच सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप रु ७९ हजार दुई सय ४१ सङ्कलन भएको बताइएको छ । चालु आवकोे हालसम्म रु पाँच हजारभन्दा बढी विद्युत् महसुल नतिर्ने नौ सय ७३ ग्राहकको लाईन…
Read More
‘तारा खेल’ प्रवर्द्धन गर्दै गाउँपालिका

‘तारा खेल’ प्रवर्द्धन गर्दै गाउँपालिका

२६ चैत,ढोरपाटन । धौलागिरि क्षेत्रमा चर्चित खेलका रुपमा स्थापित ‘तारा खेल’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बागलुङ, म्याग्दी र मुस्ताङमा बढी खेलिने यो खेल एक दशक अगाडि नै लोप हुने अवस्थामा पुगेको थियो । पछिल्लो समय आधुनिक शैलीबाट खेल्न थालिएपछि गाउँगाउँमा प्रतियोगितासमेत हुन थालेका छन् । तारा खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएपछि बागलुङको तमानखोला गाउँपालिकाले यस खेललाई ‘पालिका खेल’ घोषणा गरेर प्रवर्द्धन गरिरहेको छ । विषेशगरी आदिवासी जनजाति समुदायमा प्रचलित तारा खेल अहिले सबै समुदायका युवा खेल्न थालेका छन् । विभिन्न मेला, महोत्सव र चाडपर्वमा आयोजना हुने तारा खेल अहिले युवा समय बिताउन र मनोरञ्जनाका लागि खेल्न थालेका…
Read More
छ वर्षपछि बडिगाड गाउँपालिकाको सेवा आफ्नै भवनबाट

छ वर्षपछि बडिगाड गाउँपालिकाको सेवा आफ्नै भवनबाट

२६ चैत,गलकोट । बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थापनाको छ वर्षपछि आफ्नै अत्याधुनिक सुविधायुक्त प्रशासनिक भवनबाट सेवा दिन थालेको बडिगाड गाउँपालिकाले जनाएको छ । भवन निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण भएपछि यसै सातादेखि सेवा आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । भवन निर्माणका स्थानीयले ११ रोपनी जग्गामा निःशुल्क उपलब्ध गराएका थिए । बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा प्रशासनिक भवन निर्माण गरिएको हो । जिल्लाकै अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा दिने बडिगाड गाउँपालिका दोस्रो भएको छ । यसअघि ताराखोला गाउँपाकिलाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणपश्चात् सेवा सञ्चालन गरिसकेको छ ।…
Read More
इदको चहलपहल बढ्यो

इदको चहलपहल बढ्यो

२६ चैत,महोत्तरी । इस्लाम धर्मावलम्बीको पवित्र रमजान रोजासँगै यहाँका बस्तीमा इदको चहलपहल बढेको छ । रमजानभरि एकमहिने रोजा (व्रत) गरिरहेका इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिलेदेखि नै इदको चहलपहल बढेको हो । ऊर्दू पात्रो (हिजरी सम्वत्) अनुसार रमजान महिना सकिनासाथ सुरु हुने सब्वाल महिनाको एक तारिखका दिन इद मनाउने इस्लाम परम्परा छ । अहिले रमजान सुरु भएको दुई साता बितेको छ । “रमजान र इद जोडिएकै कुरा हुन्, रमजानको रोजा (व्रत) सकिएको भोलिपल्ट इद (इद–उल–फित्र) मनाइने त हो”, बर्दिबास–१ का इस्माइल चुरौटे भन्नुहुन्छ, “त्यसैले हाम्रो घरपरिवारमा इदको सोधखोज र तयारी सुरु भएको छ ।” इद इस्लाम परम्पराको मुख्य पर्व भएको…
Read More
आलेखः ‘चिल गाडी कैले आउन्या ओ’

आलेखः ‘चिल गाडी कैले आउन्या ओ’

२६ चैत,कालीकोट । ‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड (मैदान) माथि घँगाडी (चिल गाडी) उड्न लाग्याको हेन्ने खाँती (धोको) थियो, खै कैले पूरा हुन्याओ ?’’ नरहरिनाथ गाउँपालिका–२ का काले दमै (७९ वर्ष) को धोको अझै पूरा भएको छैन । तीस वर्षअघि गाउँमा चिल गाडी (जहाज) आउने सपना बोकेर घरमा भएको कुटो कोदालो बोकी दिनहुँ सुनथरालीमा विमानस्थल निर्माण गर्न पसिना बगाएका उहाँलाई नजिकबाट जहाज हेर्ने ठूलो चाहना छ । अहिलेसम्म जहाज नदेखेका सोही ठाउँमा ठुमा विष्टलाई एकपटक हेरेर मर्न पाए आफूले बगाएको पसिनाको फल पाएको अनुभूति हुने थियो । आकासमा उडेको…
Read More
प्राकृतिक जलाशयमा पानी सुक्दै, चुनौती थपिँदै

प्राकृतिक जलाशयमा पानी सुक्दै, चुनौती थपिँदै

२६ चैत,गण्डकी । सयौंँ वर्षदेखि उपयोग हुँदै आएका प्राकृतिक जलाशयमा बर्सेनि पानी सुक्दै जाँदा चुनौती थपिएको छ । पछिल्ला वर्षमा खानेपानीका लागि उपयोग गरिएका प्राकृतिक जलाशय कँुवा तथा पँधेरामा पानी सुक्दै जाँदा चुनौती बढ्दै गएको हो । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीका खुर्वादी तथा कटुजेका पँधेरोहरूमा बर्सेनि पानीको मात्रा कम हुँदै गएको यहाँका स्थानीयवासी बताउँछन् । भएका कँुवा तथा पँधेरा गाउँ भन्दा धेरै तल हुँदा गाग्रीमा बोकेर ल्याउनुपर्ने बाध्यता लामो समयसम्म भोगेका यहाँका स्थानीयवासीलाई २०६७ सालपछि भने केही राहत भएको थियो । त्यसयता खुर्वादीको पँधेरोबाट लिफ्टिङ गरी गाउँमाथि हँुडिकोटमा पानी ट्याङ्की राखेर घरघरमा वितरण गर्न थालेपछि स्थानीयवासीले ठूलै राहत महसुस गरेका…
Read More
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा

दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा

२६ चैत,रुकुमपूर्व । रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले संकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले…
Read More
पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली

पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली

२६ चैत,कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । आज उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो । सडक बिस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त टोलीले निरीक्षण गरेको हो । गत वर्षदेखि सुरु भएको आयोजनामा हालसम्म छ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उच्चस्तरीय टोलीले आज…
Read More
अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

२६ चैत,झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ । गत आव २०७८÷७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट रु १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी…
Read More
Page 176 of 304
1 … 174 175 176 177 178 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.