बौरिंदै उत्तरको मुख्य तातोपानी नाका
सिन्धुपाल्चोक । नेपाल प्रवेश गर्न लामवद्ध चिनियाँ पर्यटक किनमेलको लागि तिब्बत छिर्न मितेरी पुलमा तैनाथ नेपाली तिब्बती क्षेत्र खासा र रमितेबाट नेपालतिर झर्दै गरेका सामाग्रीले भरिएका कन्टेनर व्यस्त छन् । अध्यागमन कार्यालय सुख्खा बन्दरगाह भन्सारमा उस्तै चहलपहल रहेकाे छ।सामाग्रीले भरिएको भन्सार यार्ड सामाग्री लोडरअनलोड गर्न खटिइरहेका मजदुर जाँचपास लगायत प्रशासनिक काममा मस्त कर्मचारी सामाग्री छुटाउन पुगेका व्यापारी र उनीहरुका प्रतिनिधिले भन्सार परिसर पनि खचाखच छ। चीनसँग व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाकामा भदौयता दैनिक देखिन थालेको याे दृश्य हो । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र लगत्तै अर्को वर्ष निम्तिएको भोटेकोसी बाढीले खण्डहर बनाउँदा लामो समय मसानघाट जस्तै…
