पत्रपत्रिका

घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै

घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै

काठमाडौं । घाटामा रहेको कम्पनीलाई नाफा देखाएर सोनापुर सिमेन्टले अर्को सातादेखि सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५/७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६/७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर नाफामा देखाइएको छ । गलत तथ्य पेस गरेर आर्थिक वर्ष २०७६/७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा नाफामा देखाइएको छ । कम्पनीले तीन वर्षको ८० करोड रुपैयाँ ब्याजलाई पुँजीकरण गरेर नाफामा गएको देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।…
Read More
वन मन्त्रालयमा विकृति मौलाउँदो, कर्मचारी व्यवस्थापनमा त्रुटि नै त्रुटि

वन मन्त्रालयमा विकृति मौलाउँदो, कर्मचारी व्यवस्थापनमा त्रुटि नै त्रुटि

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नेतृत्व केही निश्चित व्यापारिक घराना तथा निजी क्षेत्र र स्वार्थ समूहको रुचिअनुसार सञ्चालन हुँदा वन क्षेत्रमा सुधार प्रक्रिया अवरुद्ध भएको छ । मुलुकमा रहेको समग्र वनको व्यवस्थापनमार्फत् काठदाउरामा देशलाई आत्मनिर्भर बनाउनुपर्ने मुख्य प्राथमिकतालाई छोडेर केही निजी क्षेत्रलाई खुसी पार्ने योजनाका साथ मन्त्रालयका मन्त्रीलगायतका अधिकारीहरू अगाडि बढ्न थालेपछि वन तथा वातावरण क्षेत्रको सुधार प्रक्रियामा समस्या देखिएको हो । वन मन्त्रालयले कर्मचारी व्यवस्थापनमा समेत हेलचक्र्याइँ गर्दै आइरहेको छ । मन्त्रालयका सचिव डा. दीपक खरालले कर्मचारीको उचित व्यवस्थापनमा खासै ध्यान दिन सकेका छैनन् । कतिपय संवेदनशील र महत्वपूर्ण निकायमा उपसचिव दरबन्दी रहेको ठाउमा सेटिङका आधारमा अधिकृतलाई नै…
Read More
चीन भ्रमण सोचेभन्दा फरक र सफल भयोः प्रधानमन्त्री दाहाल

चीन भ्रमण सोचेभन्दा फरक र सफल भयोः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण सोचे भन्दा पनि बढी सफल भएको आफूले महसुस गरेको बताएका छन्। आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुगेका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो। तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ।” यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उनको भनाइ थियो। त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको उनले बताए। प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको…
Read More
६ महिनाभित्र फेवाताल किनारका सबै संरचना हटाउन परमादेश

६ महिनाभित्र फेवाताल किनारका सबै संरचना हटाउन परमादेश

काठमाडौं । सर्वोच्च अदालतले फेवाताल किनारबाट ६५ मिटर क्षेत्रभित्रका सबै प्रकारका भौतिक संरचना ६ महिनाभित्र भत्काउन सरकारका नाममा दोस्रो पटक परमादेश जारी गरेको छ। सर्वोच्चले तालको जग्गा, डिल सरकारी जग्गा भएकाले त्यसवरिपरि बनेका भवनदेखि छाप्रोसम्म भत्काउन परमादेश जारी गरेको हो। न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले फेवाताल किनार क्षेत्रको सार्वजनिक सम्पत्ति मिच्ने प्रवृत्ति अन्त्य गरी हरियाली क्षेत्र घोषित गर्न ऐतिहासिक (ल्यान्ड मार्क) फैसला गरेको हो। यसअघि सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन नगरी पोखरा महानगरपालिकाले फेवाताल किनारबाट ३० मिटरसम्म मात्र तालको क्षेत्र कायम हुने निर्णय गरेको थियो। त्यसै निर्णयविरुद्ध अधिवक्ता खगेन्द्र सुवेदीलगायत चारजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश…
Read More
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले उनको सम्पत्ति र वैधानिकरूपमा आर्जन गरेको सम्पत्तिबिचमा स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिना कैद हुने फैसला गरेको छ । त्यस्तै ९८ लाख २५ हजार ५ सय रुपैयाँ बिगो र सोहीबराबर जरिमाना गर्ने फैसलासमेत सुनाएको छ । विशेष अदालले उनलाई सार्वजनिक पदमा रहँदा त्यसको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार कैद, बिगो…
Read More
प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा सीमित

प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा सीमित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको उधारा प्रतिबद्धता गरे पनि चीन भ्रमण औपचारिकतामा मात्रै सीमित भएको छ । एजेन्डाविहीन बनेर चीन भ्रमणमा गएका प्रधानमन्त्री दाहालले पुराना सम्झौताको विषयमा कुनै छलफल हुन सकेन । आठदिने भ्रमणका क्रममा महत्वपूर्ण राजनीतिक भेटवार्ता र बैठक पूरा भइसकेको छ । अब आउँदो १३ असोजसम्म भ्रमण र निरीक्षण गरेर दिन बित्ने छ । तीन दिनबीच प्रधानमन्त्री दाहालले अमेरिकाबाट चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरे । सोही दिन १९औं एसियन गेममा सहभागिता जनाए । दोस्रो दिन प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गरेका थिए । साथै प्रधानमन्त्री पुष्पकमल…
Read More
‘आयोग गठनमा एमालेको अर्घेल्याइँ’

‘आयोग गठनमा एमालेको अर्घेल्याइँ’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएको अवस्थामा बरामद भएको ६० किलो ७ सय १६ किलो सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्घेल्याइँ झिकेको छ । सुन तस्करी छानबिनका लागि बनाउने आयोगको कार्यादेशको सन्दर्भमा एमालेले शून्य तहबाटै अनुसन्धान हुनुपर्ने भन्दै अर्घेल्याइँ गरेको सत्तापक्षले आरोप लगाएको छ । गत शुक्रबारदेखि आयोग गठन बारे दलहरूबीच भएको छलफल बिनानिष्कर्ष टुंगिँदै आएको छ । छलफलमा सत्तारुढ दलका नेताहरूले आयोगलाई तीनवटा कार्यदेश दिने प्रस्ताव गरेका थिए । कानुन परिमार्जन गर्ने भए सुझाव पेस गर्ने, संरचना परिवर्तनका लागि सुझाव पेस गर्ने तथा सीआईबीको प्रतिवेदन अध्ययन गर्ने कार्यादेश…
Read More
७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य विभाग र नापतौल विभागले संयुक्त रूपमा गरेको अनुगमनले कालोबजारी गरेको पाइएपछि कुलेश्वरमा रहेको ठूलो चिनी गोदाम सिल गरेको छ । करिब ७० हजार किलो चिनी भण्डारण गरिएको गुहेश्वरी ट्रेडलिंकको गोदाममा अनुगमनपछि सिल गरिएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले कुलेश्वरमा रहेको गुहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले गोदाम सिल गरी चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो । खुद्रा व्यापार संघका अधिकारीहरूका अनुसार १ सय २७ रुपैयाँ किलो थोक व्यापारमा चिनी बिक्री गरेर गुहेश्वरीले १ सय ५ रुपैयाँको मात्रै बिल दिने गरेको बताइएको छ…
Read More
सरकार निकम्मा भयो, सुझाव दिनुको अर्थ छैनः अध्यक्ष ओली

सरकार निकम्मा भयो, सुझाव दिनुको अर्थ छैनः अध्यक्ष ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन्। सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारेपनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर थियो।सोमबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सरकारले आयोगलाई सुन तस्करी छानबिन नभईे तस्करी हुन नदिने गरी कानून निर्माण गर्नका लागि सुझाव दिनुपर्ने जिद्दी गरिरहेको बताए। अध्यक्ष ओलीले सरकार सुन तस्करहरुलाई भगाउनका लागि सो आयोग एक महिना पछि मात्रै बनाउन सहमत भएको समेत बताए। उनले आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन…
Read More
प्रदेशको नाम विधिसम्वत रूपमा मात्रै परिवर्तन हुनसक्छः गृहमन्त्री श्रेष्ठ

प्रदेशको नाम विधिसम्वत रूपमा मात्रै परिवर्तन हुनसक्छः गृहमन्त्री श्रेष्ठ

विराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशको नाम विधिसंवत रुपमा प्रदेशसभामा दुई तिहाई बहुमत पुर्‍याएर मात्रै परिवर्तन हुन सक्ने बताएका छन्। सोमबार विराटनगरमा आयोजित सुरक्षा सम्बन्धी समसामयिक तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कोशी प्रदेशको नाम विधिसंवत रुपमा मात्रै परिवर्तन हुनसक्ने बताएका हुन्। कोशी प्रदेशको प्रदेशसभाले विधिसंवत रुपमा राखेको नाम सबैले मान्नु पर्ने उनको धारणा थियो। विधिसंवत रुपमा राखेको नाम विधिसंवत रुपमा मात्रै परिवर्तन गर्न सकिने भएकाले नाम प्रति असन्तुष्टि राख्न पाइने, नाम परिवर्तनका लागि जनमत तयार गर्न पाइने, शान्तिपूर्ण रुपमा सभा गर्न पाइने, प्रदेशसभामा दुई तिहाई पुर्याएर नाम पनि परिवर्तन गर्न पाइने तर, संविधान मिच्ने काम गर्न…
Read More
Page 2 of 5
1 2 3 4 5
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.