वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष शाहु
१८ जेठ ,काठमाडौं । नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्ये पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु ९ डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । यस अमरगढी नगरपालिका ११ वटा वडा कायम गरिएको छ। यस वडाका जनप्रतिनिधि परमान्द शाहु २०७९ को स्थानीय निर्बाचनबाट अमरगढी नगरपालिकामा वडा नम्बर ४ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०६२ साल देखि नै राजनितिक तथा समाजिक…
