निश्वार्थ भावले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष खनाल
काठमाडाैं । गण्डकी प्रदेश कास्कीको रूपा गाउँपालिकास्थित वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् राजन खनाल । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा अध्यक्ष खनालले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे । वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष खनालले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगति भइरहेकाे बताउनु भयाे । साेही क्रममा वडामा रामकोट रामादी क्रस शाखा मोटर बाटोअन्तर्गत प्राविधिक, जनप्रतिनिधि र उपभोक्तासहितकाे…
