विकट क्षेत्र सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा पनि भव्य रूपमा मनाइयाे बाल दिवस
काठमाडाैँ । भदौ २९ अर्थात राष्ट्रिय बाल दिवस। बाल दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइएकाे छ। साेही क्रममा नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा न. १ को वडा कार्यालयको समन्वय तथा ग्लोबल फेमिली केयर नेपालको सहयोगमा लच्याङ वडा स्तरीय बाल संजालको आयोजना सुर्यगढी-१ सोलामानेमा र्याली तथा विविध सास्कृतिक कार्यक्रम गरी ५९ औ राष्ट्रिय बाल दिवस भब्य रुपमा मनाइएको छ । बाल दिवस कार्यक्रमका प्रमुख अथिती वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले विकट क्षेत्रकाे रूपमा चिनिएकाे वडा नम्बर १ मा बाल दिवस मनाइरहँदा राष्ट्रिय रूपमै बाल अधिकारप्रति वडा कार्यालय सचेत रहेकाे सन्देश प्रभाव भएकाे बताउनु भयाे । उहाले बाल दिवसकाे अवसरमा…
