वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष लामा
५ असाेज, काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू ९समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास० मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ । कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि. रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल ९ उचाइ ८१६३ मिटर यसै गाउँपालिकामा अवस्थित छ । हिमचुली ९७८९३ मिटर० र सृङ्गी ९७१८७ मिटर जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला…
