प्रमुख समाचार

गाजाको मध्य क्षेत्रमा इजरायली आक्रमण हुँदा ४० प्यालेस्टिनीको मृत्यु

गाजाको मध्य क्षेत्रमा इजरायली आक्रमण हुँदा ४० प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरहरूलाई लक्षित गरि गरिएको इजरायली आक्रमणमा शनिबार कम्तिमा ४० जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतकाअनुसार इजरायली लडाकू विमानले मध्य गाजा पट्टीको नुसिरात, अल–जावैदा र देइर अल–बलाह क्षेत्रका घरहरूमा सशस्त्र छापा मार्दा दर्जनौँ मानिसहरूको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् । उद्धारकर्ताहरूले ४० वटा शवहरू उद्धार गर्न सक्षम भएका छन् भने अझै पनि दर्जनौं भग्नावशेषमुनि रहेका छन् । मृतक तथा घाइतेहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा राखिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सात अक्टोबर २०२३ मा गाजा पट्टीमा इजरायली युद्ध सुरु भएदेखि मृत्यु…
Read More
रास्वपाद्वारा कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटनको घोषणा

रास्वपाद्वारा कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटनको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटन गर्ने निर्णय गरेको छ । हालको पार्टी संगठनका गतिविधिका बारेमा गहन समीक्षा पश्चात् सो क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षकासाथ प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको सहायक महामन्त्री कविन्द्र बुर्लाकोटीले रातोपाटीलाई जानकारी दिएका छन् । यस निर्णयसँगै कर्णाली प्रदेशमा ३ महिने “कर्णाली विशेष अभियान” संचालन गर्ने निर्णय भएको उनको भनाइ छ । बैठकले संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाउने निर्णय गरिएको पनि उनले बताए । बैठकपछि पार्टी…
Read More
बलम्बु गोली काण्ड : इन्स्पेक्टर श्रेष्ठलाई परिसर तानियो, छानबिन सुरु

बलम्बु गोली काण्ड : इन्स्पेक्टर श्रेष्ठलाई परिसर तानियो, छानबिन सुरु

काठमाडौं । काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्रै आइतबार साँझ अचानक गोली पड्किएको घटनामा इन्सपेक्टरविरुद्ध छानबिन सुरु भएको छ । आफ्नो ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेपछि इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ छानबिनमा तानिएका हुन् । जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको थियो । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा तानेर आन्तरिक छानबिन सुरु भएको बताइएको छ । उनको पेस्तोलबाट चलेको गोलीले उनका ‘बडीगार्ड’ घाइते र एकजना सेवाग्राही सामान्य घाइते भएका छन् । उनीहरु दुवैको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । यस्तै गत माघ २५ गते बलम्बु प्रभागको भ्यानबाट खसेर सहायक हवल्दार हेमराज एलजीको…
Read More
सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ, अश्लील भिडियो खिचेको आरोप

सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ, अश्लील भिडियो खिचेको आरोप

काठमाडौँ । अश्लील भिडियो खिचेको आरोप सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसी स्वयम्भूबाट पक्राउ परेका हुन् । डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनीविरुद्ध स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ । पीडितहरूले डीएसपी केसीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । डीएसपी केसीलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।
Read More
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्ष भण्डारीलाई नियुक्त गरेको हो । यसैगरी, सरकारले आइतबार नै आयल निगमको कार्यकारी निर्देशकमा डाक्टर चन्डिकाप्रसाद भट्ट र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशीलाई नियुक्त गरेको पनि सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। यस्तै सरकारले सूचना सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ ।
Read More
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै उनीहरुको नाम सिफारिस गरिएको छ । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए ।
Read More
धरानमा प्रहरी र स्थानीयबीच झडप

धरानमा प्रहरी र स्थानीयबीच झडप

सुनसरी । सुनसरीमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय धरानको गेटमा धरान उपमहानगरपालिका १९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपको अवस्था सृजना भएको बताइएको छ । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । सोही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको बताइएको छ ।
Read More
कर्णालीमा ओएनएमको काम नहुँदासम्म शिक्षा विकास निर्देशनालयले साविककै अवस्थामा काम गर्ने

कर्णालीमा ओएनएमको काम नहुँदासम्म शिक्षा विकास निर्देशनालयले साविककै अवस्थामा काम गर्ने

सुर्खेत । माघ १० गते प्रदेश राजपत्रमा प्रकाशित ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली– २०८०’मा खारेज भएका कर्णालीका निर्देशनालयहरुको विषयमा ओएनएम नहुँदासम्म यथावत रुपमा कार्य गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । उक्त नियमावलीमा तीनवटा निर्देशनालय बाहेक सबै निर्देशनालय र मानव संशाधन विकास केन्द्र खारेज गरिएको थियो । खारेज हुने कार्यालयमा शिक्षा विकास निर्देशनालय पनि रहेको थियो । एसईईको मुखमा निर्देशनालय खारेजपछि समस्या भएको र सरकारले हचुवाको भरमा निर्णय गरेको भन्दै व्यापक रुपमा विरोध भयो । नियमावली आइसकेपछि निर्देशनालयका कर्मचारीहरु खाली बस्नुपरेको र कुनै निर्णय नहुँदा समस्या भएको थियो । यो विषयमा सत्तारुढ दल…
Read More
मेलम्ची परियोजना : तीन पूर्वसचिव र अध्यागमनका प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेलम्ची परियोजना : तीन पूर्वसचिव र अध्यागमनका प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन् । तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् । त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १८ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ । तामाङ अध्यागमन विभागका प्रमुख हुन् । शर्मा यसअघि नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचारमा मुछिएका व्यक्ति हुन् । पेमेन्ट गेटवे खरिदमा झुटा विवरण राखी अन्तर्राष्ट्रिय आशयपत्र…
Read More
टिकटक पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन : प्रधानमन्त्री

टिकटक पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटकलाई पुनः सञ्चालनमा ल्याउन सकिने जवाफ दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिने बताएका हुन् । उनले भने–‘टिकटिक पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन ।’ उनले संसदमा भने–‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको ’टिकटक’ सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्ययम भएको र यसलाई नियमन नगरिएको भन्ने जनगुनासोलाई मध्यनजर गरी…
Read More
Page 7 of 125
1 … 5 6 7 8 9 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.