प्रमुख समाचार

ग्राहकको १ करोड ३७ लाख चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

ग्राहकको १ करोड ३७ लाख चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबीले) कनिष्ट सहायक रोहित कुमार ओझालाई ले पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ओझाले नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ग्राहकको १ करोड ३७ लाख ८६ हजार रकम चोरी गरेको भेटिएको छ । ओझाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
Read More
बैंकहरूलाई डुबाउन नियोजित तरिकाले हमला गरिएको छ : ओली

बैंकहरूलाई डुबाउन नियोजित तरिकाले हमला गरिएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्‍त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान चालिरहेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले केहीले अभियान चालेर देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला गरिरहेको बताएका हुन् । अध्यक्ष ओलीले नियोजित तरिकाले हमला गरी बैंकहरूलाई डुबाउन खोजिएको पनि बताए । यसरी बैंक डुबाएर देशमा भइरहेका आयोजनाहरू पनि कोल्याप्स पार्ने प्रयास भइरहेको उनले बताए। उनले भने–‘एउटा अभियान छ फेरि, देशको अर्थतन्त्र समाप्त पार्नका लागि बैंकविरूद्धको हमला गर्ने। एकदमै नियोजित ढंगले बैंकविरूद्ध हमला, ताकि मानिसहरूको निक्षेप पनि डुबोस्, बैंकहरू पनि डुबुन् र सबै आयोजनाहरू बैंक डुब्ने बित्तिकै…
Read More
बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा राप्रपाका सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा राप्रपाका सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दावी गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा गोलमाल गरेको भेटिएको छ । आयोगले मंगलबार लुम्बिनी प्रदेशका प्रदेश सांसद जानकीप्रसाद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको…
Read More
यूएईमा एक नेपाली युवालाई मृत्युदण्डको सजाय

यूएईमा एक नेपाली युवालाई मृत्युदण्डको सजाय

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो । श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनैले अस्पताल लैजाँदै थिए…
Read More
गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागे : केपी ओली

गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागे : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवसायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताएका छन् । राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौं राष्ट्रिय सहकारी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले देश विकासका लागि सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा उनले चिन्ता व्यक्त गरे । सहकारीको महत्त्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ छ ।
Read More
नेपालले भारतको गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले भारतको गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपालले भारतको क्षेत्रीय टीमसँग टी-२० फ्रेन्डसीप कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले चैत १८ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। जसमा भारतको क्षेत्री टिम गुजरात र बरोडा रहेका छन् । नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकप तयारीका लागि तयारीस्वरूप भारतको दुई स्टेट टोलीसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने भएको हो । तालिका अनुसार नेपालले चैत १८ गते गुजरातसँग खेल्नेछ। त्यस्तै दोस्रो खेल चैत २० गते नेपाल र बरोडा, २१ गते नेपाल र गुजरात र २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ। समूहको पहिलो र दोस्रो टिमले चैत २५ फाइनल खेल्नेछ। उक्त खेलहरू गुजरातको भापी…
Read More
बूढानीलकण्ठमा पदाधिकारी बैठक चलिरहँदा बालुवाटार पुगे देउवा र खड्का

बूढानीलकण्ठमा पदाधिकारी बैठक चलिरहँदा बालुवाटार पुगे देउवा र खड्का

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार वुगेका छन् । पदाधिकारी बैठक चलिरहँदा पार्टी देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक चलिरहँदा सभापति देउवा खड्कालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग करिब आधा घण्टा छलफल गरेर उनीहरू फर्किएका छन् । तर, बालुवाटार भेटबारे उनीहरूले जानकारी गराएका छैनन् । महामन्त्री गगन थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रस्तावमा सभापति देउवाको असन्तुष्टि छ । उनले आज बिहान मात्रै महामन्त्री थापालाई सच्याउन निर्देशन दिएका थिए । महामन्त्री थापाको प्रतिवेदनमा आगामी दिनमा चुनावी गठबन्धन गर्न नहुने विषय उल्लेख छ ।…
Read More
वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : धनराज गुरुङ

वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको सङ्कल्पअनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन् । सोमवारदेखि ललितपुरको गोदावरीमा शुरू भएको महासमिति बैठकबारे जानकारी दिँदै उपसभापति गुरुङले यस्तो जानकारी गराएका हुन् । उनले बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्तावको बारेमा प्रस्ताव पेश गर्ने जानकारी दिए । उनले उपसभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माले राखेको प्रस्तावलाई चार समूहमा छलफल गरिने बताए । उनले महासमिति बैठकले अगाडि बढाएको प्रस्तावले नेपाली कांग्रेसलाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। सम्पत्ति छानबिनको प्रस्ताव पारित गरेर वडा…
Read More
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । यही फागुन १० गते बिहीवार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको हो । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुनेछ । यस्तै बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
Read More
सरकारका कामलाई जनतामा पुर्‍याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री

सरकारका कामलाई जनतामा पुर्‍याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्राष्ट्रिय बजारमा प्रातिस्पर्धी बनाउन आवश्यक भएको बताएकी छन् । सरकारका कामलाई जनतामा पुर्‍याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएकी उनले सही समाचार सम्प्रेषण गर्न राससलाई आग्रह समेत गरिन् । राससको ६३औं वार्षिकोत्सवमा समारोहमा उनले हालसालै अवधि भाषामा सेवा सुरू गरेर भाषाभाषीलाई प्राथमिकता दिएको भन्दै अब विश्व बजारमा पनि प्रतिस्पर्धी हुनुपर्ने औंल्याएकी हुन् । सरकारी स्वामित्व भएका मिडिया हिजोका जस्तो नभएको भन्दै उनले राससले जनताको आवाज बोल्नुपर्ने बताइन् । राससले गत वर्ष एक लाख बढी समाचार सामाग्री दिएको तारिफ गर्दै अब संख्यात्मकमात्र नभई गुणात्मक विकासमा…
Read More
Page 6 of 125
1 … 4 5 6 7 8 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.