प्रमुख समाचार

म्याद नाघेका बिउ र विषादी बेच्ने धादिङका दुई एग्रोभेट तथ कृषि सहकारी कारबाहीमा

म्याद नाघेका बिउ र विषादी बेच्ने धादिङका दुई एग्रोभेट तथ कृषि सहकारी कारबाहीमा

धादिङ । जिल्ला अनुगमन समितिले किसानलाई बिउबिजन बिक्री–वितरण गर्ने धादिङका एक सहकारी र दुई एग्रोभेटलाई कारबाही गरेको छ । समितिले कृषि सहकारी र एग्रोभेटहरूलाई जरिवाना गरेको हो। बेनीघाटरोराङ गाउँपालिका– ९ मा रहेको जनभावना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई २० हजार तथा वडा नम्बर ७ मा रहेको इन्द्र भेटेरेनरी सेन्टरलाई १० हजार र वडा नम्बर १० मा रहेको मनकामना भेट एन्ड एग्रोभेटलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो । यसअघि गाउँपालिकाबाट अनुगमनका क्रममा दिइएको निर्देशनहरू पालना नगरेको, खरिद बिल नभएको, म्याद नाघेको बिउबिजन तथा विषादी बिक्रीका लागि राखेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं…
Read More
कर्फ्यू अवधिमै उच्चश्रृंखला गतिबिधि भएपछि रौतहटमा कर्फ्युको दायरा बढाइयो

कर्फ्यू अवधिमै उच्चश्रृंखला गतिबिधि भएपछि रौतहटमा कर्फ्युको दायरा बढाइयो

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा जारी रहेको कर्फ्यूको दायरा बढाएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन बिषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनको अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ । जारी अवधिमै उच्च श्रृंखल गतिबिधि हुँदा प्रशासनले कर्फ्यूको दायरा बढाएको हो । सरस्वतीको मुर्ति सेलाउन लैजाने समूहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाइते भएका थिए । झडपमा मुस्लिमतर्फ पनि घाइते भएको तर घाइतेको संख्या यकीन हुन नसकेको प्रहरीले बताएको थियो । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए ।…
Read More
वनभोज गएका नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु, वडाध्यक्ष बेहोस

वनभोज गएका नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु, वडाध्यक्ष बेहोस

मन्थली । रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले बताए । रामेछाप नगरपालिकाका कर्मचारीले रामेछाप–७, सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलाई काठमाडौं पठाउन हेलिकोप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो । सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर–७ का वडाध्यक्ष समीर…
Read More
सगरमाथा क्षेत्र भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

सगरमाथा क्षेत्र भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

सोलुखुम्बु । सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका ४२ वर्षीया एलिजाबेथ डायरो रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका उनको सोही स्थानमा मृत्यु भएको हो । गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका एलिजाबेथको लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए । सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए । उनले…
Read More
रौतहटमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

रौतहटमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

रौतहट । रौतहटमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने बिषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको हो । प्रशासनले पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको जनाएको छ । दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । सरस्तीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।…
Read More
‘कोशी’ नाम खारेजीका लागि पहल गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

‘कोशी’ नाम खारेजीका लागि पहल गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले ‘कोशी’ नाम खारेज गर्न माग गरेको छ । शनिवार इलामको चुलाचुलीमा बसेको नागरिक उन्मुक्ति पार्टीको सचिवालय बैठकले सो माग गरेको हो । बैठकको निर्णयबारे सो पार्टीका महासचिव ठाकुरसिंह थारुद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘प्रदेश नं.१ को नामाकरणलाई लिएर भइरहेको पहिचानवादीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेश सरकारले जबर्जस्त रुपमा नामाकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने ।’ बैठकले प्रदेश १ को नामाकरण ‘कोकिली’ बारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरुसँग निरन्तर छलफल चलाउने समेत निर्णय गरेको छ । यस्ता छन् निर्णय : १.…
Read More
दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

धनुषा । महोत्तरीको सम्सीमा झण्डा मेलाका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोली चलाएको छ । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको हो । झण्डा मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ । अवस्था बिग्रिन नदिन घटनास्थलमा जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
Read More
नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, २ खेलाडी परिवर्तन

नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, २ खेलाडी परिवर्तन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान नेपालले टस जितेर बलिङ रोजेको हो । कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस्तो छ नेपालको प्लेइङ-११ आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, ललितनारायण राजवंशी ।
Read More
नागरिकताका बनाउन झुटो विवरण दिने दुई जनालाई ५० हजार जरिवाना

नागरिकताका बनाउन झुटो विवरण दिने दुई जनालाई ५० हजार जरिवाना

इलाम । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ । इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका–५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यस्तो फैसला सुनाएको हो । भुवनसिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो’ भन्दै झुटो विवरण दिइ नागरिकता बनाउन प्रयास गरेका थिए। जन्मदर्ताका आधारमा चेतन भुवनसिंहको छोरो हो भनी सनाखत गर्ने स्थानीय लीला विश्वकर्मा, शिरबहादुर कामी, कुमारी तामाङ, ललिता विश्वकर्मा र चन्द्रबहादुर घलेले भने अदालतबाट सफाइ पाएका छन्।
Read More
आजको मौसम : यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

आजको मौसम : यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ । जसको प्रभावले शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read More
Page 8 of 125
1 … 6 7 8 9 10 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.