प्रमुख समाचार

सार्वजनिक सवारी चलाउन छुट्टै लाइसेन्स

सार्वजनिक सवारी चलाउन छुट्टै लाइसेन्स

काठमाडौँ । सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलले यस्तो प्रस्ताव गरेको हो । यसलाई यातायात सुधार सुझाव कार्यदल भनिएको छ । शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित उक्त कार्यदलमा विज्ञानराज शर्मा (पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक), पदम शाही, मधुसूदन आचार्य, विजय गौतम, विजय स्वार सदस्य थिए । यातायात व्यवस्था विभागका महानिर्देशक कार्यदलको पदेन सदस्य थिए । कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई माघमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सार्वजनिक सवारी हाँक्नेका लागि ‘व्यावसायिक सवारी चालक अनुमतिपत्र’ को व्यवस्था…
Read More
आज हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरिँदै

आज हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसका केही नेताहरूले आज सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो । अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार आज साढे १२ बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा घोषणासभा कार्यक्रम राखिएको छ । यो अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्त्वमा गठन भएको भए पनि अहिले पुनर्गठन गर्दै भण्डारीलाई संयोजक तोकिएको हो ।
Read More
आज – ०५ फाल्गुण २०८० शनिवार को राशिफल

आज – ०५ फाल्गुण २०८० शनिवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र मनोबल उच्च रहनेछ । तुला तुला (रा, रि,…
Read More
इलेक्ट्रिक स्कुटर खरिदमा ४५ हजारसम्म छुट

इलेक्ट्रिक स्कुटर खरिदमा ४५ हजारसम्म छुट

काठमाडौँ । विगत ४ बर्षदेखि नेपाली बजारमा PURE EV ब्रान्डको इलेक्ट्रिक स्कुटर विक्री वितरण गरिरहेको ह्वाइट लोटस मोटर्सले विशेष उपहार योजना ल्याएको छ । जसअनुसार अर्न्तगत प्रत्येक स्कुटरको खरिदमा ४५ हजारसम्म छुट दिन थालिएको छ । यो योजना फाल्गुन १ गतेदेखि बैशाख ३१ गते सम्म लागु हुने कम्पनीले जनाएको छ । राजधानीको ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरको विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले PURE EV ब्रान्डका स्कुटहरुको विक्री वितरण गर्दै आएको छ । ग्राहकको सुविधाको लागि कम्पनीले काठमाडौँभित्र कालो पुल र बुद्वनगरमा अत्याधुनिक सर्भिस सेन्टरद्वारा विक्री पछिको सेवा दिँदै आईरहेको छ ।
Read More
सिमकोट–सुर्खेत परीक्षण उडान गर्दै नेपाल एयरलाइन्स

सिमकोट–सुर्खेत परीक्षण उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज–सिमकोट(नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको हो । नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाका अनुसार यसका लागि सबै तयारी पूरा भएको छ । ‘नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज–सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट–सुर्खेत परीक्षण उडान हुनेछ’ उनले भने–‘त्यसपछि सुर्खेत–सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।’ यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन ।
Read More
ललिता निवास प्रकरणमा सफाइ पाएपछि पूर्वमन्त्री जोशीले दिए धन्यवाद, भन्छन् – सम्मान महसुस गरेको छु

ललिता निवास प्रकरणमा सफाइ पाएपछि पूर्वमन्त्री जोशीले दिए धन्यवाद, भन्छन् – सम्मान महसुस गरेको छु

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका पूर्व मन्त्री चन्द्रदेव जोशीले ६० वर्ष लामो राजनीतिक जीवनप्रति सम्मान भएको महसुस गरेको बताएका छन् । शुक्रबार पूर्व मन्त्री जोशीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘विशेष अदालतको हिजोको फैसलाबाट आफूले न्याय पाएको अनुभूति गरेको छु। निष्ठा र इमान्दारीपूर्वक निभएको ६० वर्ष लामो राजनीतिक जीवनप्रति पनि सम्मान पाएको महसुस गरेको छु। विशेष अदालत र सबै न्यायमूर्तिहरूलाई पनि धन्यवाद व्यक्त गर्दछु ।’ उनले जीवनको उत्तरार्द्धमा आएर लागेको भ्रष्टाचारको यो मिथ्या आरोप सहन निकै मुस्किल भएको बताए । ‘सम्पूर्ण जीवन, सिद्धान्त र इमान्दारीको राजनीति गर्दै…
Read More
एसीसी वुमन्स प्रिमियर कप : नेपालको एसिया कप खेल्ने सपना अधुरै, मलेसियासँग पराजित

एसीसी वुमन्स प्रिमियर कप : नेपालको एसिया कप खेल्ने सपना अधुरै, मलेसियासँग पराजित

काठमाडौं । एसिसी वुमेन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल पराजित भएको छ । यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ। नेपाललाई घरेलु टिम मेलसियाले ४ विकेटले पराजित गरेको हो। नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले एक बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन जोड्यो। नेपालका लागि कप्तान इन्दू बर्माले ३७ बलमा २ चौकाको मद्दतमा २९ रन जोडिन्। यस्तै ओपनर कविता कुँवरले रनआउट हुनुअघि २३ रन बनाइन्। सीता रानामगर ६ रनमा रनआउट हुँद रुबिना क्षेत्रीले १८ बलमा…
Read More
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार पाइने

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार पाइने

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु. पाँच हजार बैंक दाखिला गराउन थालिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु. पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप रु. पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म…
Read More
ड्युटीमा खटिएका बेला गोली लागेकी महिला प्रहरीको मृत्यु, गोली हान्ने श्रीमान पनि प्रहरी

ड्युटीमा खटिएका बेला गोली लागेकी महिला प्रहरीको मृत्यु, गोली हान्ने श्रीमान पनि प्रहरी

दाङ । दाङमा गोली लागेर घाइते भएकी महिला प्रहरी धनमाया थापाको मृत्यु भएको छ । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका हुन् । श्रीमान पनि प्रहरी नै रहेको खुलेको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर हत्याका थिए । यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Read More
घोराही बजारमा प्रहरीले नै हान्यो महिला प्रहरीलाई गोली, अवस्था गम्भीर

घोराही बजारमा प्रहरीले नै हान्यो महिला प्रहरीलाई गोली, अवस्था गम्भीर

दाङ । दाङको घोराही बजारमा गोली चलेको छ । गोली लागेर घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया थापा घाइते भएकी हुन् । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले गोली प्रहार गरेको आरोपमा लमहीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति पनि प्रहरी रहेको खुलेको छ । उनी बाँकेमा कार्यरत रहेको स्रोतले बतायो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।  
Read More
Page 9 of 125
1 … 7 8 9 10 11 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.