Share Icon

काठमाडौं । नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ ।

यसअघि नेपालगञ्ज–सिमकोट(नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको हो ।

नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाका अनुसार यसका लागि सबै तयारी पूरा भएको छ ।

‘नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज–सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट–सुर्खेत परीक्षण उडान हुनेछ’ उनले भने–‘त्यसपछि सुर्खेत–सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।’ यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन ।

Facebook Comments Box

Share Icon