प्रमुख समाचार

बालेन शाह भन्छन् – खुलामञ्च मात्र होइन, टुँडिखेल पनि खुला गर्दैछौं

बालेन शाह भन्छन् – खुलामञ्च मात्र होइन, टुँडिखेल पनि खुला गर्दैछौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूहरू रहेसम्म खुलामञ्च सधैँ सबैका लागि खुला हुने आश्वासन दिएका छन् । काठमाडौंस्थित खुलामञ्चमा खेलमैदान बनाउन लागिएको दाबीसहितका समाचारको खण्डन गर्दै बालेनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् । उनले आफूहरू फराकिलो काठमाडौं बनाउने बाटोमा रहेको बताए । उनले आफूहरूको चाहना खुलामञ्च सधैँ खुला नै हुनुपर्ने रहेको बताए । उनले भने, ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुलै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महत्त्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।’ यही योजनालाई सार्थक बनाउन आफूहरूले १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी कङ्क्रिट हटाउने…
Read More
जफत हुने भयो एनआरएनएको केन्द्रीय कार्यालय भवन

जफत हुने भयो एनआरएनएको केन्द्रीय कार्यालय भवन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय भवन जफत हुने भएको छ । विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज फैसला सुनाएको हो । ललिता निवासको १९ रोपनी भन्दा धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा विशेष अदालतले गरेको फैसलाअनुसार सबै जग्गा जफत हुने छ । एनआरएनएको केन्द्रीय कार्यालय समेत सोही जग्गामा रहेको छ । फैसलामा बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष…
Read More
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ । निगमका अनुसार खाना पकाउन प्रयोग हुने…
Read More
८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदै सरकार

८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदै सरकार

काठमाडौं। सरकारले ८५ हजार रासायनिक मल ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ६० हजार युरिया र २५ हजार डीएपी मल ल्याउन लागिएको हो । मन्त्रालयका अनुसार ३० हजार मेट्रिक टन युरिया मल विशाखापटनमबाट नेपाल आयात हुने क्रममा रहेको छ । यस्तै, थप ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी सिपमेन्ट हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । रासायनिक मल करिब साढे ७२ हजार मेट्रिक टन मल मौज्दात छ । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकका अनुसार ७२ हजार ४५८ मेट्रिक टन रासायनिक मल मौज्दात भएको हो । यसमध्ये युरिया ४० हजार ७६७ मेट्रिक…
Read More
कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
Read More
कर्जामा सीमाभन्दा बढी लगानी गरेका छैनौं, शाखा कार्यालयहरु बन्द गर्न लागेको भन्ने समाचार झुटो हो : एनआइसी एशिया बैंक

कर्जामा सीमाभन्दा बढी लगानी गरेका छैनौं, शाखा कार्यालयहरु बन्द गर्न लागेको भन्ने समाचार झुटो हो : एनआइसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रियल स्टेट कर्जा लगानी नगरेको जनाएको छ । बैंकले विज्ञप्ति जारी गर्दै रियल स्टेट सेक्टरमा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म प्रवाह गर्न सक्नेमा पुस मसान्तसम्म १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको बताएको छ । बैंकले कर्जा जोखिम भारदरमा कुनै तोडमोड नगरेको पनि उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा क्लेम सेक्यूर्ड रेसिडेन्सियल पोपर्टीज् सम्बन्धमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको पनि बैंकले जनाएको छ । त्यस्तै बैंकले आफ्ना शाखा कार्यालयहरु पनि बन्द गर्न लागेको भन्नेमा कुनै सत्यता नरहेको स्पष्ट पारेको…
Read More
यात्रुलाई नशालु लड्डु खुवाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

यात्रुलाई नशालु लड्डु खुवाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । चेकजाँचको क्रममा पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट विहार मोतिहारी जिल्ला संग्रापुर वस्ने वर्ष ४६ का दिली पटेललाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसअघि पनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने गरेको सूचनाको आधारमा निग्रानी पश्चात उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिको साथबाट नशालु पदार्थ मिसावट भएको एक पाकेट लड्डुसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
Read More
काठमाडौं महानगरभित्रका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइनबाट बुझाउनुपर्ने

काठमाडौं महानगरभित्रका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइनबाट बुझाउनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ । कामपाको ३२ वटै वडामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको हो । कामपा स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनका अनुसार यसका लागि कामपाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आईएचएमआइएस) को ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराउन थालेको छ । युजरनेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा कामपा स्वास्थ्य विभागले प्रशिक्षण दिने तयारी गरेको महर्जनले जानकारी दिइन् । उनका अनुसार यस विषयमा कामपाले स्वास्थ्य संस्थालाई परामर्श दिन थालेको छ…
Read More
भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट २ महिला पक्राउ

भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट २ महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई महिला पक्राउ परेका छन् । भन्सार छलि अवैध रूपमा लैजान लागेको सुनसहित दुई महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका ३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन्। हिमालयन एयरलाइन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा ११.६४ ग्राम तौलको सुनको बेरुवा औंठी १ थान र करिब ५८.३२ ग्राम तौलको सुनको ब्रासलेट १ थान सहित पक्राउ गरिएको हो। यसैगरी हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट नेपाल…
Read More
आईसीसी विश्वकप लिग-२ : नेपालले नामिबियालाई दियो १३३ रनको सामान्य लक्ष्य

आईसीसी विश्वकप लिग-२ : नेपालले नामिबियालाई दियो १३३ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रनमै अलआउट भएको हो । नामिबियाविरुद्ध नेपालका कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । ८६ बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले २१, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए । यस्तै करण केसीले १६ रन बनाए । यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाका…
Read More
Page 10 of 125
1 … 8 9 10 11 12 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.