एक करोड ३१ लाख ठगेर भागेका प्रभु बैंकका अप्रेसन इन्चार्जविरुद्ध मुद्धा दर्ता
रुकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाहविरुद्ध मुद्दा दर्ता भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैंकका अप्रेसन इन्चार्ज शाहविरुद्ध एक करोड ३१ लाख २५ हजार रुपियाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा मुद्दा दर्ता भएको हो । अप्रेसन इन्चार्ज शाहविरुद्ध प्रभु बैङ्कको कर्णाली प्रदेश कार्यालयले बैङ्किङ कसुर शीर्षकमा मुद्दा दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार अपरेसन इन्चार्ज शाहले बैङ्कका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्ने, जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने गरेको आरोप लागेको छ । शाहले पदको दुरुपयोग गरेर करोडौँ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन…
