प्रमुख समाचार

बर्दियामा ३३ जना खोप कर्ता खटिए

बर्दियामा ३३ जना खोप कर्ता खटिए

बर्दिया,माघ २८/ एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय गुलरियाले जिल्लामा ३३ जना खोप कर्ता खटाएको छ । पशुहरुमा देखिने रोग विरुद्धको खोप लगाउने उदेश्यले एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयले आठ वटै पालिकामा खोप कर्ता खटाएको हो । खोप कर्ताहरु आवश्यक सामान र एक दिने तालिम दिई फिल्डमा खटाएको एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय गुलरियाका प्रमुख सागर ढकालले बताए ।  
Read More
सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी धन्दा, थापा प्रहरी फन्दामा

सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी धन्दा, थापा प्रहरी फन्दामा

नेपालगन्ज । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो । थापालाई सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर–११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको बताइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेनामा भर्ती गराउने भन्दै चार लाख रुपियाँ ठगेर थापा फरार थिए । अहिले नेपाली सेनाका लागि छनोट प्रक्रिया चलिरहेको हुँदा सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको पाइएको प्रहरीले जनाएको छ । थापालाई बाँके जिल्ला अदालतमा हाजिर गरेर सात…
Read More
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयले गरे ट्रकमा आगजनी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयले गरे ट्रकमा आगजनी

विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा आइतबार बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनालगत्तै स्थानीयले ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा…
Read More
राष्ट्रिय सभागृहमा सुरु भयो माओवादीको केन्द्रीय कमिटी बैठक

राष्ट्रिय सभागृहमा सुरु भयो माओवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आजको बैठक सुरू भएको हो । बैठक सोमबारसम्म चल्ने छ । बैठकमा चार महिने विशेष रूपान्तरण अभियान सम्बन्धमा समीक्षा हुने छ । आजको बैठकमा प्रदेश इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट पेस गर्ने कार्यतालिका रहेको छ । यस्तै अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र पार्टीको स्थिति, समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिबारे बैठकलाई ब्रिफिङ गर्नेछन् ।
Read More
दिल्लीको अमेरिकी दूतावासलाई अज्ञात ब्यक्तिको धम्की : बाइडेनले माफी नमागे दूतावासमा बम हान्ने चेतावनी

दिल्लीको अमेरिकी दूतावासलाई अज्ञात ब्यक्तिको धम्की : बाइडेनले माफी नमागे दूतावासमा बम हान्ने चेतावनी

काठमाडौं । महाराष्ट्र राज्यको राजधानी मुम्बईमा रहेको अमेरिकी महावाणिज्य दूतावास कार्यालयमा हमला गर्ने धम्की आएको छ । यो धम्की दूतावासको आधिकारिक इमेलमा आएको बताइएको छ । प्रेषक अमेरिकाबाट भागेका एक व्यक्ति भएको अनि उनीविरुद्ध अमेरिकामा कयौँ गम्भीर मुद्दा चलिरहेको बताइएको छ । यस मामिलामा प्रहरीले नाम नखुलाइका ती व्यक्ति विरुद्ध मुद्दा दर्ता गर्दै छानबिन सुरु गरेको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफूसँग व्यक्तिगत रूपमा माफी माग्नु पर्ने अनि आफू विरुद्ध चलेको सबै १९ वटा मुद्दा खारेज गर्नुपर्ने माग मेलमा आरोपीले गरेका छन् । यस्तो भएन भने भारतमा रहेको अमेरिकाको वाणिज्य दूतावासलाई बमले उडाइदिने धम्की दिइएको छ । यो मेल…
Read More
अख्तियारका हरेक छानविनमा सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री

अख्तियारका हरेक छानविनमा सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न कालखण्डमा भएका सबै साना तथा ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको पनि बताए । प्रधानमन्त्री दाहालले क्रिप्टोकरेन्सी कारोबारी, हुन्डी कारोबारी, सुन तस्कर र सहकारीलगायतका क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको भन्दै सेवा प्रवाहमा देखिएका विकृति, विसंगति, ढिलाइ, अनियमितता नियन्त्रण गरी सार्वजनिक सेवा प्रवाहमा जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको दावी गरे ।…
Read More
सुनको मूल्य घट्दा चाँदी स्थिर

सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । आइतबार ५०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो । साथै गत शुक्रबारको तुलनामा आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार…
Read More
नेपाल तेस्रो देशका नागरिकहरूको अखडा बन्यो : सांसद पन्त

नेपाल तेस्रो देशका नागरिकहरूको अखडा बन्यो : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय नागरिकलाई सिमा नाकामा कडाइ गर्नुपर्ने धारणा राखेका छन् । आजको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले भातरसँगको सिमा व्यवस्थित गर्नुपर्ने बताए । उनले भने–‘खुल्ला सीमा व्यवस्थित गर्नुस् । भारतले हाम्रा नागरिकलाई कडाइ गर्दा हामी किन नसक्ने ?’ सांसद पन्तले नेपाल तेस्रो देशबाट आएर बसोबास गर्ने मानिसहरूको अखडा बन्दै गएकोमा पनि असन्तुष्टि पोखे । उनले रोहिङ्गा शरणार्थीको विषय पनि बैठकमा उठाए । उनले भने–‘यथार्थ जानकारी होस् । भारतसँगको सीमा व्यवस्थित गर्नुस् । किन भने नेपाल जो पनि आएर बस्ने ठाउँ भयो । रोहिंगाको विषय प्रमाणसहित आइरहेको छ । तेस्रो लिंगीहरू जसले लुट्छन्…
Read More
पाकिस्तानको निर्वाचनमा धाँधली भएकै हो त ?

पाकिस्तानको निर्वाचनमा धाँधली भएकै हो त ?

पाकिस्तानको निर्वाचनमा धाँधली भएकै हो त ? काठमाडौं । पाकिस्तानमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै अमेरिका, बेलायत र युरोपियन युनियन (इयु)ले छानबिनको माग गरेका छन्। पाकिस्तानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरी बिहीबार मतदान भएको थियो। मतदानकै दिन उम्मेदवार र ठूलो संख्यामा नेता कार्यकर्तादेखि सामाजिक अभियान्तासेत पक्राउ परेका थिए। मतदान र निर्वाचन परिणाममा पनि सेनाले हस्तक्षेप र धाँधली गरेको भन्दै ती विषयहरूमा छानबिन गर्न अमेरिका र इयुले आग्रह गरेको हो। इयुको एक वक्तव्यमा पाकिस्तानमा उम्मेदवारहरू स्वतन्त्र रूपले चुनावमा सहभागी हुन नसकेको, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरिएको र इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाइएकोबारे चासो व्यक्त गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले पनि निर्वाचनको समयमा…
Read More
अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै प्रशंसा गरे । । उनले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेकोसमेत उनको भनाई छ । “माथिल्लो तहदेखि…
Read More
Page 14 of 125
1 … 12 13 14 15 16 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.