प्रमुख समाचार

गरिबी निवारण र आर्थिक विकासबारे चीनबाट धेरै कुरा सिक्न आवश्यक छ : अग्निप्रसाद सापकोटा

गरिबी निवारण र आर्थिक विकासबारे चीनबाट धेरै कुरा सिक्न आवश्यक छ : अग्निप्रसाद सापकोटा

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताएका छन् । शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन उनले सो कुरा बताएका हुन् । उनले चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने बताए । सरकारले तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि आवश्यक काम गरिरहेको उनको भनाई छ । यस्तै उनले अर्थतन्त्रको संरचनामा परिवर्तन गर्नुपर्ने बताए । उनले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्‍याडिकल रिफर्मको आवश्यकता रहेको बताए । पूर्वसभामुख सापकोटाले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको धारणा राखे ।
Read More
देशको अहिलेको आवश्यकता राजनीतिक कोकास्की । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले देशको अहिलेको आवश्यकता राजनीतिक कोर्ष परिवर्तन रहेको बताएका छन् । शनिबार बिहान पोखरामा समाजवादी प्रेस संगठन, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन सरकार खास मौसमको उपज भएको टिप्पणी गरे । उनले अहिलेको मौसम बदलिएपछि गठबन्धन पनि बदलिने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अहिले राजावादीको चुरिफुरी सत्ताको कमजोरीको कारण भएको टिप्पणी गरे । जनतामा जुन जोगी आएपनि कानै चिरेको भन्ने लागेको उनको भनाई छ ।र्ष परिवर्तन हो : झलनाथ खनाल
Read More
नेपाल र चिनियाँ युवा टोलीबिच मैत्रीपूर्ण खेल आज

नेपाल र चिनियाँ युवा टोलीबिच मैत्रीपूर्ण खेल आज

काठमाडौँ । नेपालको युवा फुटबल टोली र नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदै छ । खेल नेपाली समय अनुसार, दिउँसो ३ः०० बजे सुरु हुनेछ । प्रतियोगिता चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको हो । प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्ड रहेका छन् । प्रतियोगिताको सह–आयोजकमा भने एन्फा र नेपाल ओभरसिज चिनियाँ सङ्घ रहेका छन् । मैत्रीपूर्ण खेलअघि आयोजना गरिने उद्घाटन समारोह पनि विशेष हुने बताइएको छ । पहिलो हाफको खेल सकिएपछि पनि चिनियाँ कलाकारले स्थानीय संस्कृति झल्कने विशेष प्रस्तुति दिनेछन् । मैत्रीपूर्ण खेलमा सहभागी…
Read More
आजको मौसम : यी प्रदेशमा हल्का हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी…
Read More
नेपाललाई हङकङले दियो ९४ रनको लक्ष्य

नेपाललाई हङकङले दियो ९४ रनको लक्ष्य

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको पहिलो खेलमा नेपाललाई हङकङले ९४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ९३ रन बनाएको हो । हङकङले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको हो । हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान २/२, पुजा महतो र सीता रानामगरले एक/एक विकेट लिए । अहिले नेपालले जवाफी ब्याटिङ…
Read More
आज – २७ माघ २०८० शनिवार को राशिफल

आज – २७ माघ २०८० शनिवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।…
Read More
अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियालाई टुंग्याउनु हो, तर परिस्थिति पेचिलो बन्दै छ : प्रधानमन्त्री

अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियालाई टुंग्याउनु हो, तर परिस्थिति पेचिलो बन्दै छ : प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सो ब्रिफिङ गरेका हुन् । उनले जटिल अवस्था सिर्जना भएको बताए । मुख्यतः संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयले अवस्था जटिल बनाएको अध्यक्ष प्रचण्डको आशय थियो । प्रधानमन्त्री प्रचण्ड संक्रमणकालीन न्यायलाई सहमतिमै टुंगो लगाउने अडानमा छन् । यस विषयमा उनले निरन्तर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग सम्बाद गर्दै आएका छन् । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पीडितमैत्री कानुन बनाएरमात्रै सहमति गर्ने अडानमा छन् । सो विषयमा गठबन्धन दल भने सकारात्मक छन्…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा एसएसपी पोखरेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा एसएसपी पोखरेल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ । विमानस्थलमा कार्यरत एसएसपी दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गर्दै कृष्णहरिलाई विमानस्थलको जिम्मेवारी दिइएको हो उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा सरुवा गरेका थिए । डीआईजी ठकुरीलाई सरुवा गरेको केही दिनमै एसएसपी जबराको पनि सरुवा गरिएको हो । उनको स्थानमा एसएसपी कृष्णहरिलाई ल्याइएको छ । एसएसपी कृष्णहरि बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा कार्यरत थिए । यही माघ १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र प्रहरी कर्मचारीबीच हात हालाहालको…
Read More
पाकिस्तान निर्वाचन : शरिफमाथि इमरान खान भारी

पाकिस्तान निर्वाचन : शरिफमाथि इमरान खान भारी

इस्लामावाद । पाकिस्तानमा बिहीबार भएको मतगणनाको नतिजा सार्वजनिक भएको छ । बिहीबार भएको मतदानमा देशव्यापी आम निर्वाचन र ४ राज्यमा विधान सभाको चुनाव भएको थियो । चुनावी परिणामले खण्डित जनादेश देखाएको छ । डनका अनुसार ५७ सिटमा पूर्व क्रिकेटर तथा प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई) समर्थित निर्दलीय उम्मेदवारले जितेका छन् । जसमा तेहरिक–ए–इन्साफका अध्यक्ष ब्यारिस्टर गौहर अली खान, वरिष्ठ उपाध्यक्ष लतिफ खोसा, पूर्व राष्ट्रियसभा अध्यक्ष असद कैसर र पार्टी सदस्य अली अमीन गंडापुर पनि छन् । यसबाहेक, तेहरिक–ए–इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले खैबर पख्तुनख्वा विधान सभामा ठुलो बहुमत पाएका छन् । पन्जाब विधान सभामा समेत स्वतन्त्र उम्मेदवारहरूले नवाज…
Read More
खेलमा राजनीतिको छाया : आयरल्यान्डका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन मानेनन्

खेलमा राजनीतिको छाया : आयरल्यान्डका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन मानेनन्

काठमाडौँ । एक अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा आयरल्यान्को महिला बास्केटबल टोलीका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका छन् । रिगामा जारी युरो महिला बास्केटबलको छनोट खेलअघि आयरल्यान्डका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका हुन् । आयरल्यान्डका खेलाडीको ब्यवहारबाट आफूहरु स्तब्धः भएको इजरायलका खेलाडीले जनाएका छन् । इजरायलका खेलाडीले आयरल्यान्डका खेलाडी यहुदी विरोधी भएको आरोप पनि लगाएका छन् । ‘उनीहरुको ब्यवहारबाट हामी दुःखी छौँ । वास्तबमा आयरल्यान्डका खेलाडी यहुदी विरोधी हुन्,’ इजरायलकी खेलाडी डोर सारले भनेकी छन् । इजरायलका खेलाडीको टिप्पणी सार्वजनिक भएलगत्तै बास्केटबल आयरल्यान्डले पनि खरो जवाफ फर्काएको छ । बास्केटबल आयरल्यान्डले इजरायली खेलाडीको टिप्पणी ‘पूर्णरुपमा गलत र भड्काउने…
Read More
Page 16 of 125
1 … 14 15 16 17 18 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.