प्रमुख समाचार

पूर्व सांसद इच्छाराजलाई १ अर्ब ७२ करोड जरिवाना र ३ वर्ष कैद

पूर्व सांसद इच्छाराजलाई १ अर्ब ७२ करोड जरिवाना र ३ वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैद सजाय निर्धारण गरेको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार इच्छाराजलाई ३ वर्ष र पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय निर्धारण गरेको हो । इच्छाराज ३ वर्ष कैदका साथै बिगो वमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना गर्ने फैसला पनि सुनाएको छ भने पत्नी तामाङलाई १ वर्ष ६ महिना कैदका साथै १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको…
Read More
चिनियाँले लिएका परियोजनामा समस्यैसमस्या

चिनियाँले लिएका परियोजनामा समस्यैसमस्या

काठमाडाैं । सडक पूर्वाधारमा सबैभन्दा बढी ठेक्का लिनेमा चिनियाँ कम्पनी छन् । तर, तिनले लिएका प्रायः ठेक्काको प्रगति भने निकै सुस्त देखिएको छ भने कतिपयको पटक–पटक म्याद थप गर्दा पनि काम अघि बढ्न सकेको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको १ सय १३ किमि नारायणगढ–बुटवल सडकखण्ड विस्तारको अवस्था सन्तोषजनक छैन । उक्त सडकखण्डको प्रगति नहुँदा २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइयो । तर ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । ठेकेदार कम्पनीले काम अघि बढाएन, बरु ढाँटिरह्यो । काममा प्रगति नभए पनि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरियो । एसियाली…
Read More
धन्यवाद दिदै मोदीले भने- नेपालसँगको मित्रताको कदर गछौँ

धन्यवाद दिदै मोदीले भने- नेपालसँगको मित्रताको कदर गछौँ

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई धन्यवाद दिएका छन् । भारतको गणतन्त्र दिवसको अवसरमा नेपालले दिएको शुभकामनामा मोदीले धन्यवाद दिएका हुन् । सामाजिक सञ्जाल एक्स मार्फत ट्विट गर्दै धन्यवाद दिएका हुन् । सामाजिक सञ्जाल एक्समा मोदीले लेखेका छन् : धन्यवाद @PM_nepal_ तपाईको गणतन्त्र दिवसको शुभकामनाको लागि। भारतले नेपालसँग लामो समयदेखिको मित्रताको कदर गछौँ ।
Read More
भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए शुभकामना

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए शुभकामना

काठमाडाैं । भारत आज ७५ औं गणतन्त्र दिवस मनाइरहेको छ । यो दिवस नेपालमा पनि मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावामा विशेष कार्यक्रम गरेर दिवस मनाइएको हो । दिवसका अवसरमा भारतको निकटतम छिमेकी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उच्च सरकारी अधिकारी र दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले दिवसका अवसरमा भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई शुभकामना व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री मोदी र भारतीय जनताको सुस्वास्थ्य, शान्ति तथा समृद्धिको कामना गरेका छन् । यस अवसरमा नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास पनि प्रधानमन्त्री दाहालले व्यक्त गरेका…
Read More
काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस

काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना दिए । कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत समेत गरिएको थियो। राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिशन बारे चर्चा गरेकी थिइन् । कार्यक्रममा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु ५.०७ करोड नगद तथा कम्बल वितरण…
Read More
चिनियाँ ठेकेदारकाे लापरवाहीले नारायणघाट-बुटवल सडक अलपत्र बन्दै

चिनियाँ ठेकेदारकाे लापरवाहीले नारायणघाट-बुटवल सडक अलपत्र बन्दै

काठमाडाैं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ। २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ। उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताए। यस योजनामा निर्माणपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत…
Read More
६ महिनामा १४४ चिनियाँ नागरिक देश निकाला

६ महिनामा १४४ चिनियाँ नागरिक देश निकाला

काठमाडौं । नेपालले पछिल्लो ६ महिनाको अवधिमा ३७ देशका २५१ विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिना (साउन–पुस)को अवधिमा उनीहरूलाई निष्कासन गरिएको हो । भिसा समयभन्दा बढी बस्ने (ओभर स्टे गर्ने), नक्कली राहदानी तथा भिसामा आउने, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका लगायतको आरोपमा उनीहरूलाई नेपालबाट निष्कासन गरिएको हो । २०८० साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले निष्कासन गरेका विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँ र अमेरिकी छन् । अध्यागमन विभागले जारी गरेको पछिल्लो ६ महिनाको विवरणमा उक्त अवधिमा नेपालले १४४ चिनियाँ र २४ अमेरिकीलाई निष्कासन गरेको छ । निष्कासन गरेकामध्ये ५७.३७ प्रतिशत…
Read More
नारायणगढ-बुटवल सडक : चिनियाँ कम्पनीले कसरी सक्छ ६ महिनामा सम्पूर्ण निर्माणकाे काम?

नारायणगढ-बुटवल सडक : चिनियाँ कम्पनीले कसरी सक्छ ६ महिनामा सम्पूर्ण निर्माणकाे काम?

नवलपरासी। नारायणगढ-बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्‍न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ। विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ-बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ। उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताए। यस योजनामा निर्माणपछि समेत ५ वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत…
Read More
चीनले काेराेनाकाे बहानामा लामाे समयदेखि नाका बन्द गर्दा जनजीवन प्रभावित

चीनले काेराेनाकाे बहानामा लामाे समयदेखि नाका बन्द गर्दा जनजीवन प्रभावित

काठमाडाैं । मुगु जिल्लाको उत्तरी भेगको तिब्बततिर पर्ने नाक्चेनाङ्ला नाका अझै खुलेको छैन । नाका नखुल्दा माथिल्लो मुगुको कार्मारोङ गाउँपालिकाका बासिन्दादेखि छिमेकी जिल्लाका सेवाग्राहीसमेतलाई असर परेको गोरखापत्र अनलाइनले लेखेको छ । मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले कोरोनाका कारण तिब्बत र मुगुको हाटबजारसम्बन्धी व्यापारिक साइनो टुटेको बताउनुभयो । नाक्चेनाङ्ला नाका बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिका स्थानीयले दैनिक उपभोग्य सामान, खाद्यवस्तु, लत्ताकपडादेखि भेडाच्याङ्ग्रा आयात गर्नबाट वञ्चित छन् । यहाँका नागरिकलाई दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा लिनलाई जिल्ला सदरमुकाम आउजाउ गर्न कम्तीमा पाँच दिन लाग्छ । नाक्चेनाङ्ला नाका खुलाउनका लागि सङ्घीय सरकार र गृह मन्त्रालयसँग पालिकाले पहल गरिरहेको जानकारी उहाँले दिनुभयो । मुगुमकार्मारोङ गाउँपालिका–३ का स्थानीय बासिन्दा तोर्ची लामाका अनुसार…
Read More
राम मन्दिर निर्माणका लागि देउवाले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

राम मन्दिर निर्माणका लागि देउवाले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । देउवाले मंगलबार एक्समा लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटन भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई । प्राण प्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायीहरूको लागि गौरवको क्षण हो। जय श्री राम!’ सोमबार राम मन्दिरमा अभिषेक भएको बेला नेपालका धेरै ठाउँमा दीपोत्सव भइरहेको तस्विरहरू बाहिर आएका थिए । जनकपुरधाममा साँझ दीप प्रज्वलन गरिएको थियो । राम मन्दिर मंगलबार पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिरमा आज बिहानैदेखि दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
Read More
Page 18 of 125
1 … 16 17 18 19 20 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.