४३ जिल्ला न्यायाधीशका लागि आयोगले माग गर्यो आवेदन
काठमाडौँ । रिक्त ४३ जिल्ला न्यायाधीश पदका लागि न्याय सेवा आयोगले विज्ञापन गरेको छ । शुक्रबार न्याय सेवा आयोगले विज्ञापन प्रकाशन गर्दै ३० दिनभित्र आवेदन दिन माग गरेको हो । न्याय सेवा आयोगका अनुसार आन्तरिक खुलातर्फ २१ जना, खुलाबाट १२ जना, महिला कोटाबाट ४ जना, आदिवासी जनजातितर्फ २ जना, मधेशी समुदायबाट २ जना तथा दलित र अपाङ्ग कोटाबाट एक एक जना गरी कुल ४३ जनाको लागि आवेदन माग गरेको हो । आयोगले संविधानको धारा १४९ को उपधारा २ को खण्ड ख र ग बमोजिमबाट जिल्ला न्यायाधीश पदका लागि आवेदन माग गरेको हो । संविधानको धारा १४९ मा जिल्ला अदालतको न्यायाधीशको…
